बुधबार, श्रावण ६,२०८३ 03:08:33
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:08:33
Bizshala
Global IME Bank Limited

गोरखा ब्रुअरी–खालिसीसीको सहकार्यमा ‘नेभर लिभ ए बोटल बिहाइन्ड’ अभियान सुरु

गोरखा ब्रुअरी–खालिसीसीको सहकार्यमा ‘नेभर लिभ ए बोटल बिहाइन्ड’ अभियान सुरु
New Office

काठमाण्डौ । गोरखा ब्रुअरी (कार्ल्सबर्ग समूह) ले शिशाका बोतलको पुनःप्रयोगलाई सहज र प्रभावकारी बनाउने उद्देश्यसहित ‘नेभर लिभ ए बोटल बिहाइन्ड’ अभियान सुरु गरेको छ। खालिसीसीसँगको सहकार्यमा अघि बढाइएको यस अभियानले देशभरका बार, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक स्थललाई जोड्दै जिम्मेवार स्रोत व्यवस्थापनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

अभियानअन्तर्गत खालिसीसीले बार र रेस्टुरेन्टसँग प्रत्यक्ष समन्वय गर्दै प्रयोग भइसकेका शिशाका बोतललाई व्यवस्थित रूपमा संकलन, वर्गीकरण र पुनःप्रयोग प्रक्रियामा पठाउनेछ। यसबाट व्यावसायिक स्थलमै अवशिष्ट व्यवस्थापनको एकीकृत र सहज प्रणाली विकास हुने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार यो मोडेल कार्यान्वयनसँगै व्यावसायिक क्षेत्रको जिम्मेवारी बढ्ने, बोतल व्यवस्थापन सरल हुने तथा पुनःप्रयोग गर्न सकिने गिलास ल्यान्डफिलमा पुग्ने सम्भावना उल्लेखनीय रूपमा घट्नेछ।

गोरखा ब्रुअरीले खालिसीसीसँगको सहकार्यले ‘कुनै पनि बोतल बेवास्ता नहुने’ प्रतिबद्धतालाई व्यवहारमा उतारेको उल्लेख गर्दै यसले ESG लक्ष्यलाई थप सुदृढ बनाउनुका साथै स्वच्छ र हरियो नेपाल निर्माणमा योगदान पुर्‍याउने जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.