बुधबार, श्रावण ६,२०८३ 04:12:19
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 04:12:19
Bizshala
Global IME Bank Limited

इरानसँग वार्ताका लागि मध्यस्तकर्ताको भूमिका खेलेको पाकिस्तानले माग्यो अमेरिकासँग १० अर्ब डलरको सहायता

इरानसँग वार्ताका लागि मध्यस्तकर्ताको भूमिका खेलेको पाकिस्तानले माग्यो अमेरिकासँग १० अर्ब डलरको सहायता
New Office

काठमाण्डौ । पाकिस्तानले आफ्नो विदेशी मुद्रा सञ्चिति मजबुत बनाउन र आर्थिक स्थायित्व कायम गर्न अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको द्विपक्षीय विनिमय स्थिरीकरण सहायता सुविधा माग गरेको छ। यो सुविधा स्वीकृत भएमा पाँच वर्षसम्मका लागि उपलब्ध गराइनेछ।

पाकिस्तानले अमेरिका र इरानबीचको युद्धविरामका लागि खेलेको मध्यस्तकर्ताको भूमिकाका लागि उक्त सहयोग मागेको जनाइएको छ । पाकिस्तानको उक्त भूमिकापश्चात पाकिस्तानको कुटनीतिक प्रोफाइल वृद्धि भएको र अमेरिकार अन्य साझेदारहरुसँग आर्थिक सहायता माग्न सक्ने अवस्थामा पुगेको छ ।

यो प्रस्ताव पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरंगजेबले अमेरिकाका ट्रेजरी सचिव स्कट बेसेन्टसँग वासिङ्टनमा भएको भेटवार्ताका क्रममा अघि सारेका हुन्। पाकिस्तानले यस सहयोगले विदेशी मुद्रा सञ्चिति बढाउने, पाकिस्तानी रुपैयाँमाथिको दबाब कम गर्ने तथा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायत बहुपक्षीय ऋणदातामाथिको निर्भरता घटाउने विश्वास व्यक्त गरेको छ।

पाकिस्तानको अर्थ मन्त्रालयले औपचारिक रूपमा १० अर्ब डलरको मागबारे पुष्टि नगरे पनि दुवै पक्षबीच विदेशी मुद्रा सञ्चिति वृद्धि, अन्तर्राष्ट्रिय पूँजी बजारमा पहुँच विस्तार, सार्वभौम ऋण मूल्याङ्कन सुधार तथा द्विपक्षीय आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको जनाएको छ।

हाल पाकिस्तान ७ अर्ब डलरको आईएमएफ कार्यक्रमअन्तर्गत कर वृद्धि, सरकारी खर्च नियन्त्रण र आर्थिक सुधारका नीतिहरू कार्यान्वयन गरिरहेको छ। सन् २०२३ मा डिफल्टको जोखिमबाट जोगिन आईएमएफको आपत्कालीन सहयोग प्राप्त गरेको पाकिस्तान अझै पनि चीन, साउदी अरेबिया लगायत मित्र राष्ट्रको वित्तीय सहयोग र ऋण नवीकरणमा निर्भर रहेको छ।

अर्थविद्हरूका अनुसार अमेरिकी विनिमय स्थिरीकरण सुविधा स्वीकृत भएमा यसले पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा बल पुग्ने मात्र होइन, अन्तर्राष्ट्रिय लगानीकर्तामा सकारात्मक सन्देश जाने र आर्थिक विश्वास बढ्ने अपेक्षा गरिएको छ। यद्यपि यस्तो सुविधा अमेरिकी ट्रेजरीले अत्यन्तै दुर्लभ अवस्थामा मात्र उपलब्ध गराउने भएकाले यसको स्वीकृति अझै अनिश्चित रहेको बताइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.