शनिबार, बैशाख १३,२०८२ 12:08:57
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 12:08:57
IME remit
Global IME Bank Limited

अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आयोजना गर्दै पाटन मल्टिपल क्याम्पस

Hyundai Nepal
अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आयोजना गर्दै पाटन मल्टिपल क्याम्पस
Nabil Bank Limited

काठमाण्डौ । । पाटन मल्टिपल क्याम्पसले अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आयोजना गर्ने भएको छ । बिहीबार सुरु हुने पहिलो अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन दुईदिनसम्म चल्नेछ ।

सम्मेलनको नेतृत्व क्याम्पसको अर्थशास्त्र विभागले गदै छ । आजको अर्थशास्त्रले विकासको सबालमा नवीन सोच र तयारी तथा नवीन ज्ञान आर्जन र सेयर गर्नुपर्ने महसुस गरिसकेकाले सोही आवश्यकता सम्बोधन गर्न अन्तर्राष्ट्रिय सम्मेनलन आयोजना गर्न लागिएको अर्थशास्त्र विभाग प्रमुख डा. रघुवीर बिष्टले जानकारी दिए । अर्थशास्त्रको नयाँ पुस्ता, नीति निर्माण तहमा रहेको वर्ग, प्राज्ञिक र बौद्धिक वर्ग एउटा मञ्चमा उपस्थित भएर प्राज्ञिक सोध तथा अनुसन्धानबाट आर्जित ज्ञान सेयर गर्न सम्मेलन आयोजना गर्न लागिएको उनका भनाई छ ।

‘अर्थशास्त्रको विकासक्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासन जस्ता नयाँ विषय जोडिएका छन् । कोभिड महामारी, क्षेत्रीय द्वण्द्वजस्ता गतिविधिले अध्ययनको नयाँ शिरालाई जन्म दिएका छन्,’ उनले भने, ‘यी घटनाले ठूला र साना अर्थतन्त्रमा गैरपरम्परागत प्रभाव पार्न थालेको छ । उल्लेखित विषयमा नयाँ छलफल प्रारम्भ गर्नुपर्ने आजको टड्कारो आवश्यकता भइसकेको छ ।’

नेपालजस्तो जटिल र पृथक भुराजनीतिक मानचित्रमा रहेको देशलाई अर्थशास्त्रमा आएको उल्लेखित नयाँपनलाई नजीकबाट नियाल्न सहज रहेको उनको भनाइ छ । स्थापनाको ६९ वर्षमा क्याम्पसले पहिलोपल्ट अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन आयोजना गर्न लागेको हो ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

सम्मेलन बिहीबार र शुक्रबार ललितपुर पुल्चोकमा अवस्थित होटल स्क्वायरमा आयोजना हुँदैछ । जसमा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, सिंगापुर र मलेसियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता रहनेछ ।

सम्मेलनमा त्रिभुवन विश्वविद्यालयसँगै काठमाडौं, पोखरा र सुदुरपश्चिम विश्वविद्यालय र उल्लेखित विश्लविद्यालयका विभिन्न आंगिक/सम्बन्धन क्याम्पस तथा विभागको प्रत्यक्ष संलग्नता रहनेछ । सम्मेलनका लागि कुल ३८ रिसर्च पेपर छनोट भएका छन् जो दुई दिन चल्ने ११ प्राविधिक सत्रमा प्रस्तुत हुनेछन् । सम्मेलनमा २ विज्ञ वक्ताबाट ‘किनोट लेक्चर’ र ५ विज्ञ सम्मिलित १ प्यानल छलफलमार्फत् सहभागीले ज्ञान आर्जन गर्न सक्नेछन् । सम्मेलनमा कुल १५० जनाको सहभागिता रहनेछ ।

सम्मेलनले विकासका नयाँ मुद्दामाथि गहन छलफलमार्फत ज्ञान आर्जनमा टेवा पुग्ने तथा नीतिनिर्माणमा स्पष्टता र दुरदर्शिता विकास गर्न सघाउ पुग्ने लक्ष्य लिएको छ । विकासको एजेन्डालाई नवसिर्जित मुद्दासँग अंगिकार गर्दै अर्थतन्त्र विस्तारमा गुणात्मकता र स्थायित्व कायम गर्ने नयाँ आयामको खोजी सम्मेलनले गर्नेछ ।

विभागले जारी गरिएको प्रेस नोटमा भनिएको छ, ‘सघन छलफलको साझा मञ्च तयार पार्ने एउटा प्रयासको नेतृत्व गर्न पाउँदा यस पाटन मल्टिपल क्याम्पस अर्थशास्त्र विभाग गौरवान्वित छ । संयुक्त राष्ट्र खाद्य एवम् कृषि संगठनको प्रमुख सहकार्यमा आयोजना हुने सम्मेलनलाई विश्वविद्यालय अनुदान आयोग, नबिल बैंक, सानिमा बैंक तथा राष्ट्रिय वाणिज्य बैंकले प्रायोजन गरेका छन् ।’

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.