काठमाण्डौ । एनपीआई नारायणी सामूदायिक हस्पिटलले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न आगामी पुस २४ गते १९ औं वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा चितवनमा रहेको होटल सिराईचुलीमा बिहान ८ बजेदेखि सुरु हुनेछ ।
उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात तथा आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

