काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने निर्णय गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले २०८२ असार मसान्तको वासलात, आव २०८१/८२ को नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरी सोको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ । सोही बैठकले यस वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि रकम लाभांश वापत वितरण नगर्ने निर्णय गरेको संस्थाले जानकारी दिएको छ ।
साथै, आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आए पश्चात् सोही बमोजिम संस्थाको आगामी हुने वार्षिक साधारण सभामा स्वीकृतार्थ पेश गरिने समेत संस्थाले उल्लेख गरको छ ।

