बुधबार, श्रावण ६,२०८३ 03:07:14
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:07:14
Bizshala
Global IME Bank Limited

घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा हेर्न पाइने

घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा हेर्न पाइने
New Office

काठमाण्डौ । घर निर्माण फेस्टको आकर्षणका रूपमा विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा तयार पारिएको छ । जसलाई ‘गिनिज बुक अफ वल्र्ड’ रेकर्डमा समावेश गर्ने तयारी गरिएको छ । यसअघि सन् २००७ जुलाई ४ मा अमेरिकाको टेक्सासमा लम्बाइ २.९४ मिटर (९ फिट ८ इन्च) र उचाइ तथा चौडाइ ०.९९ मिटर (३ फिट ३ इन्च) रहेको इट्टा निर्माण भएको थियो । यहि आकारलाई अझै ठूलो बनाउने उद्देश्यले कीर्तिमान कायम राख्ने गरि इट्टा निर्माण गरिएको हो । यहि पुस १२ देखि १५ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा हुने प्रर्दशनीमा ४० हजार बढी दर्शकले सहभागीता जनाउने छन् । यो इट्टाका मुख्य केहि विशेषता छन् ।

विश्वकै ठूलो इट्टा पूर्ण रूपमा नेपाली कच्चा पदार्थ, नेपाली कालीगढको सीप र नेपाली प्रविधि–सोचको प्रयोगबाट तयार गरिएको हो । यसले नेपालमा परम्परादेखि विकसित इट्टा बनाउने कला, निर्माण प्रविधि र श्रमिकको दक्षता सक्षम र प्रतिस्पर्धी रहेको प्रमाणित गर्ने विश्वास गरिएको छ ।

घर निर्माण फेस्टमा राखिने विश्वकै सबैभन्दा ठूलो इट्टा केवल प्रदर्शनका लागि मात्र नभई दर्शकको प्रत्यक्ष अवलोकनका लागि खुला रहनेछ । आगन्तुकहरूले गिनिज बुक अफ वल्र्ड रेकर्डमा समावेश हुने तयारीमा रहेको यस ऐतिहासिक इट्टालाई नजिकबाट हेर्न, यसको आकार, बनावट र विशेषता बुझ्न पाउनेछन् । 

साथै, यस महत्वपूर्ण क्षणलाई सम्झनाका रूपमा सुरक्षित गर्न दर्शकले फोटो खिच्न सक्ने व्यवस्था गरिएको छ । यसले दर्शकको उत्साह बढाउनुका साथै ऐतिहासिक उपलब्धिको साक्षी बन्ने अवसर पनि प्रदान गर्नेछ ।

‘जे गर्छौं नेपालमै गर्छौं’ भन्ने नारासहित चार दिनसम्म हुने प्रदर्शनीमा २ सय करोड बढीको आर्थिक कारोबार हुने अपेक्षा छ । निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो यो फेस्टमा कुनै पनि निर्माणको तयारी देखि निर्माणसम्पन्न नहुँदा सम्मका सबै चरणहरुको प्रत्यक्ष प्रदर्शनी गरिने छ । अवलोकनकर्ताले आफ्ना घर निर्माणसम्बन्धी जिज्ञासा, निर्माण सामग्रीका छनोट,डिजाइन, लागत, गुणस्तर तथा आधुनिक प्र विधिबारे विशेषज्ञसँग जानकारी लिन सक्नेछन् ।

प्रदर्शनीमा सहभागी हुने विभिन्न ब्राण्डले ग्राहक लक्षित विशेष अफरहरु समेत सार्वजनिक गर्ने तयारी गरेका छन्। नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोग मार्फत नयाँ उचाईमा पुर्याउने उद्देश्यसहित फेस्ट गर्न लागिएको हो । 

नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरूले अझै पनि समान रूपमा ब्रान्ड प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापित गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक रूपमा प्रदर्शन गर्न चुनौती झेलिरहेकाले सो समस्याको सम्बोधन गर्न घर फेस्ट आयोजना गर्न लागिएको हो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.