काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले नयाँ योजना स्वरुप ‘मुक्तिनाथ प्रोटेक्सन पोर्टफोलियो’ ल्याएको छ । जसमा न्युनतम १० लाख रकमबाट लगानी सुरु गर्न सकिन्छ भने लगानीकर्ताले लगानी गरेको रकमको आधारमा दुर्घटना बीमा, औषधोपचार वीमा र गम्भीर प्रकृतिका रोग वीमाको सुबिधा समेत प्राप्त गर्न सक्नेछन् ।
भविष्यमा हुनसक्ने आकस्मिक दुर्घटना, स्वास्थ्य समस्या जस्ता अनिश्चित घटनाहरुबाट हुनसक्ने क्षतिको समेत वहन गर्नु यो योजनाको उद्देश्य रहेको क्यापिटलले जनाएको छ ।
‘आजको लगानी, भोलिको सुरक्षा’ नाराको साथ मुक्तिनाथ क्यापिटल लिमिटेडले सदैव लगानीकर्ताको हितलाई ध्यानमा राख्दै उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ ।

