आईतवार, पुष ६,२०८२ 05:40:45
Bizshala
  • आईतवार, पुष ६,२०८२ 05:40:45
Bizshala
Global IME Bank Limited
Bizshala

इन्ड्राइभ आइसिटी अवार्ड २०२५ सम्पन्न, १७ बढी विधामा अवार्ड वितरण

Hyundai Nepal
इन्ड्राइभ आइसिटी अवार्ड २०२५ सम्पन्न, १७ बढी विधामा अवार्ड वितरण
Shivam Cement

काठमाण्डौ । दशौं संस्करणको रुपमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५’ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्राण्ड फिनाले ललितपुरको पुलचोकस्थित द प्लाजामा सम्पन्न भएको छ।

लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रविधि क्षेत्रमा उत्कृष्ट काम गरिरहेका स्टार्टअप, इन्नोभेसन, उद्यमी, व्यक्ति तथा संस्थाहरूलाई विभिन्न १७ विधामा अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा उद्घाटन शत्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र समापन शत्रमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री अनिल कुमार सिन्हा उपस्थित थिए। यस्तै विशेष अतिथिको रूपमा विभिन्न संबैधानिक आयोगका प्रमुखहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ, मुख्यसचिव समुनराज अर्यालको उपस्थिति थियो ।

कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग तथा निकायका उच्च अधिकारी, उद्यमी, सीईओ र स्वदेश तथा विदेशबाट आइसिटी क्षेत्रका १५ सय बढी विशिष्ट व्यक्तिहरू सहभागी भएका थिए । भब्य समारोहबीच सम्पन्न अवार्ड कार्यक्रम हिमालय टेलिभिजन लगयतबाट प्रत्यक्ष प्रशारण पनि भएको थियो ।

७५० बढीको अनलाइन नोमिनेसन प्राप्त भएको अवार्डमा १८ जुरी सदस्य र १६ सल्लाहकार समितिले ४ महिनाको समयमा छनौट प्रक्रिया सम्पन्न गरेका थिए । कार्यक्रममा नेपाल सहित नेपाल बाहिर विभिन्न देशका स्टार्टअपहरुको पनि सहभागिता रहेको थियो ।

 

 

CG Motors
Garima Development Bank
Bizshala

यस वर्ष व्यक्तिगततर्फ नेपाली डायस्पोरा आइसिटी अवार्ड दिनेश सिलवालले प्राप्त गरे भने आन्टरप्रेनर आइसिटी अवार्ड विभुषण विष्टले जितेका छन्। पायोनियर आइसिटी अवार्ड डा. एलेन बैलोचन तुलाधर, प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड रामकृष्ण परियार, वुमन आइकन आइसिटी अवार्ड मुन्नी राजभण्डारीले प्राप्त गरेकी छन्।

यसैगरी, संस्थागत अवार्ड अन्तर्गत, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सामाजिक सुरक्षा कोष, डिजिटल सर्भिसेस (इन्टरप्राइज सेक्टर) एनएमबी बैंक, डिजिटल सर्भिसेस (नियो सेक्टर) एम्बिसन गुरू, डिजिटल एजुकेशन (पब्लिक सेक्टर) नारायणी माध्यमिक विद्यालय, चितवन, डिजिटल एजुकेशन (प्राइभेट सेक्टर) कोपिला भ्याली स्कुल, सुर्खेतले जितेका छन्।

स्टार्टअप तथा इन्नोभेसन विधामा, इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड आर्कबो टेक्नोलोजीज, प्रडक्ट आइसिटी अवार्ड क्विकसीसीए, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड माइण्डब्रिज, सोसल इन्नोभेसन आइसिटी अवार्ड कता हो,  पब्लिक च्वाइस आइसिटी अवार्ड ट्रिप टर्बो प्रालिले प्राप्त गरेका छन्। जुरी मेन्सन आइसिटी अवार्ड वायुदृस्टी र साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड प्रियोशप, बंगलादेशले प्राप्त गरेको छ ।

साथै, सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई पनि प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२५ अन्तर्गत सम्मान गरिएको छ। यसमा कोशी प्रदेशबाट मेडिक्याब टेक्नोलोजिज प्रालि, मधेश प्रदेशबाट जानकी सफ्ट इन्टरनेशनल प्रालि, बागमती प्रदेशबाट क्लाउड मन्डप प्रालि, गण्डकी प्रदेशबाट ब्राण्ड बिल्डर प्रालि, लुम्बिनी प्रदेशबाट गोल्डेन टेक्नोसफ्ट आईटी सोलुसन, कर्णाली प्रदेशबाट एभरेष्ट वायरलेस नेटवर्क प्रालि, सुदूरपश्चिम प्रदेशबाट बिजी इन्फोटेक्स प्रालि सम्मानित भएका छन्।

आइसिटी अवार्डका संस्थापक तथा अध्यक्ष राजन लम्सालले स्वागत मन्तव्य दिदै देशमै केही गर्न खोजिरहेका र गरिरहेकाहरूलाई खोज्दै, जोड्दै इकोसिस्टम बनाउने प्रयासमा १० वर्षदेखि लागिरहेको जानकारी दिए ।

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

सूचना प्रविधि विकासको मुख्य नायक सरकार भएको बताउँदै उनले निजी क्षेत्रलाई अझ प्रोत्साहन आवश्यक रहेको प्रष्ट पारेका थिए ।

उद्घाटन समारोहका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नयाँ सरकार बनेको तीन महिनामै एआई काउन्सिल र एआई सेन्टर स्थापना गरिसकेका जानकारी दिदै अब डिजिटल रोडम्याप जारी गर्ने दिशामा अगाडि बढेको बताए ।

आइसिटीलाई नजरअन्दाज गरेर अगाडि बढ्न सकिने अवस्था नभएको बताउँदै मन्त्री खरेलले आगामी निर्वाचनमा डिजिटल नेपालको भिजन लिएर काम गर्न सक्ने नेतृत्व चयन गर्न पनि आग्रह गरेका छन् ।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले प्रतिस्पर्धात्मक र दिगो उद्योग विकासका लागि आइसिटी अनिवार्य भइसकेको स्पष्ट पारे । आइसिटी अवार्ड कार्यक्रमले आइसिटी क्षेत्रको उद्योगको बिकास र अन्तरास्ट्रिय स्तरमा यसको प्रवर्धनलाइ सघाउने बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले १६औं योजनामा आइसिटीलाई प्राथमिकता दिइएको उल्लेख गर्दै अन्य क्षेत्रको तुलनामा आइसिटी क्षेत्रमा नेपालले विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सूचना प्रविधि अब राष्ट्रिय विकास, सुशासन प्रवर्द्धन र सामाजिक रूपान्तरणको प्रमुख आधार बनिसकेको बताइन ।

त्यसैगरी, इन्ड्राइभका एशिया–प्यासिफिक निर्देशक मार्क टलीले इन्ड्राइभले नेपालको प्रविधि इकोसिस्टमको विकासमा निरन्तर सहयोग गरिरहेको उल्लेख गर्दै आइसिटी अवार्ड जस्ता कार्यक्रमहरूले प्रविधि नवप्रवर्तकहरूलाई सशक्त बनाउने र उनीहरूको क्षमता उजागर गर्न ठूलो योगदान पुर्‍याउने बताए । राष्ट्र बैंकका प्रबक्ता गुरु प्रसाद पौडेलले आइसिटी फाउन्डेसन र अवार्ड्को योगदानको कुरा गर्दै राष्ट्र बैंकले प्रविधि मैत्री सेवा विस्तार, डिजिटल इकोनोमी र डिजिटल साक्षरतामा जोड दिएको बताए । अवार्ड विजेताहरूलाई मन्त्री, सचिव लगायत सरकारी तथा गैर सरकारी क्षेत्रका उच्च अधिकारीहरूले ट्रफी तथा सम्मानपत्र प्रदान गरेका थिए। यसैगरी कार्यक्रममा गायक हेमन्त शर्मा, रचना रिमाल, प्रभात लामा लगायतको सांगीतिक र कमेडी प्रस्तुति पनि रहेको थियो ।

आइसिटी अवार्डको आयोजक संस्था लिभिङ विथ आइसिटी अन्तर्राष्ट्रिय अवार्डहरू अरोरा टेक अवार्ड, अन्डरडग अवार्ड र डब्लुएसए अवार्डको नेपालका लागि साझेदार संस्था समेत हो। यी अवार्डका लागि विजेता तथा फाइनलिष्टहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभगी हुने अवसर प्राप्त गर्नेछन्, जसमध्ये केहीले अन्तरास्ट्रिय अवार्ड समेत जितिसकेका छन्।

आइसिटी अवार्डको प्रि–इभेन्ट क्याम्पेनअन्तर्गत स्टार्टअप एण्ड आइडिया फेस्ट, ट्रेनिङ तथा मेन्टरिङ, इन्डस्ट्री भिजिट, फिल्ड भिजिट, स्पीड डेटिङ तथा प्रिजेन्टेसन, हिमालय टेलिभिजनबाट विशेष कार्यक्रम शृंखला लगायत आधा दर्जनभन्दा बढी कार्यक्रम सञ्चालन गरिएको थियो। अवार्डलाई अझै विश्वसनीय बनाउन स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधामा पब्लिक भोटिङसमेत सञ्चालन गरिएको थियो भने पब्लिक भोटिङ र जुरीको निर्णयबाट विजेता छनोट गरिएको आयोजकले जनाएको छ। फाइनलिस्टहरूमा जुरीले फिल्ड भिजिटसमेत गरेका थिए।

इन्ड्राइभ शिर्ष प्रयोजक रहेको यस वर्षको अवार्डमा नेपालपे क्युआर र एआई सञ्चार प्लेटफर्म टिङटिङ इन एसोसिएसनमा रहेका थिए। साथै, सस्तो टिकेट्स, मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी र काठमाडौँ मोडेल कलेजको मुख्य सहकार्य रहेको थियो।

यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, नेपाल दूरसञ्चार प्राधिकरण, हाम्रो पे, नबिल बैंक, रि(सेक्युरिटी, आदिम कलेज, फ्युजमसिन्स, नास आईटीलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थाहरूको सहयोग र सहकार्य रहेको थियो।

विजेताहरूलाई टिगको तर्फ सफ्टवेयरको लाइसेन्स, आईटी ग्लोबलबाट ५ हजार अमेरिकी डलर बराबरको एडब्लुएस क्रेडिट र स्टुडियो होमको तर्फबाट आकर्षक गिफ्ट प्रदान गरिएको थियो। राइजिङ स्टार इन्नोभेसन विधाका विजेतलाई सनवे कलेजले एआई छात्रवृत्ति समेत प्रदान गरेको छ ।

यी हुन आइसिटी अवार्ड २०२५ का विजेताहरू

इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्डः  आर्कबो टेक्नोलोजीज प्रालि

प्रडक्ट आइसिटी अवार्डः क्विकसीसीए

राइजिङ स्टार आइसिटी अवार्डः माइण्डब्रिज

सोसल इन्नोभेसन आइसिटी अवार्डः कताहो

हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्डः ट्रिप टर्बो प्रालि

जुरी मेन्सन आइसिटी अवार्डः वायुदृष्टि

वुमन आइकन आइसिटी अवार्डः मुन्नी राजभण्डारी

पायोनियर आइसिटी अवार्डः डा. एलेन बौलोचन तुलाधर

आन्टरप्रेनर आइसिटी अवार्डः विभुषण विष्ट

नेपाली डायस्पोरा आइसिटी अवार्डः दिनेश सिलवाल

प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्डः रामकृष्ण परियार

डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर)ः कोपिला भ्याली स्कुल, सुर्खेत

डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर)ः नारायणी माध्यमिक विद्यालय, चितवन

डिजिटल सर्भिसेस आइसिटी अवार्ड (इन्टरप्राइज सेक्टर)ः एनएमबि बैंक

डिजिटल सर्भिसेस आइसिटी अवार्ड (नियो सेक्टर)ः एम्बिसन गुरू

डिजिटल गभर्नेन्स आइसिटी अवार्डः सामाजिक सुरक्षा कोष

साउथ एसिया स्टार्टअप आइसिटी अवार्डः प्रियोशप, बंगलादेश

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.