काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ३.२७ अंकले बढेर २५८४.४९ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.७८ प्रतिशत र निर्जीवन बीमा समूह ०.१६ प्रतिशतले घटेको छ । आज १४ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.७५ प्रतिशतले बढेर १२१९ रुपैयाँ पुगेको छ ।
त्यस्तै, गार्डियन माइक्रो लाइफको १.२७ प्रतिशत, आइएमई लाइफको ०.३४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.२१ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.५३ प्रतिशत, हिमालयन एभरेष्टको ०.८३ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.४४ प्रतिशत, प्रभुको ०.०९ प्रतिशत, सलिकोको १.०१ प्रतिशत, सानिमा जिआइसीको १.३० प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.१६ प्रतिशत, युनाइटेड अजोडको ०.४७ प्रतिशत, हिमालयन रि को ०.२६ प्रतिशत र नेपाल रि को ०.७७ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ५.९७ प्रतिशतले घटेर ४८८ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, एशियन लाइफको ०.२० प्रतिशत, हिमालयन लाइफको ०.५७ प्रतिशत, एलआइसी नेपालको १.१५ प्रतिशत, नेपाल लाइफको १.१६ प्रतिशत, नेशनल लाइफको ०.४१ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२६ प्रतिशत, सूर्यज्योति लाइफको ०.६८ प्रतिशत, सन नेपाल लाइफको ०.५९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.५५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.०६ प्रतिशत, नेको इन्स्योरेन्सको ०.७६ प्रतिशत, एनएलजीको ०.८१ प्रतिशत, आरबीसीएलको १.०२ प्रतिशत र शिखरको ०.३९ प्रतिशतले घटेको छ ।

