काठमाण्डौ । सिद्धार्थ बैंकले आफ्नो २३ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि लाइफटाइम फ्री क्रेडिट कार्ड अफर सार्वजनिक गरेको छ । उक्त अफर डिसेम्बर २५, २०२५ देखि जनवरी २३, २०२६ (३० दिन) सम्म सञ्चालन रहनेछ । जस अन्तर्गत स्ट्यान्डर्ड क्रेडिट कार्डमा लाग्ने आबद्घ शुल्क तथा पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइने व्यवस्था गरिएको छ ।
लाइफटाइम फ्री सुविधासम्बन्धी व्यवस्था निम्न शर्तमा आधारित रहनेछ
–दोस्रो वर्षदेखि वार्षिक शु्ल्क छुट पाउनका लागि ग्राहकहरुले प्रत्येक अघिल्लो वर्षमा कम्तीमा तीनपटक क्रेडिट कार्डमार्फत कारोबार गरेको हुनुपर्नेछ । उदाहरणका लागि, डिसेम्बर २०२५ मा जारी गरिएको क्रेडिट कार्डको हकमा, जनवरी २०२६ देखि डिसेम्बर २०२६ भित्रमा कम्तिमा ३ वटा कारोबार गर्दा दोस्रो वर्ष लाग्ने शुल्क छुट हुनेछ ।
सिद्धार्थ बैंकले ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यसहित सँगसँगैै डिजिटल कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यका साथ यो योजना सञ्चालनमा ल्याएको हो ।

