बुधबार, श्रावण ६,२०८३ 12:50:23
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 12:50:23
Bizshala
Global IME Bank Limited

सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सवमा ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर

सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सवमा ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर
New Office

काठमाण्डौ । सिद्धार्थ बैंकले आफ्नो २३ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि लाइफटाइम फ्री क्रेडिट कार्ड  अफर सार्वजनिक गरेको छ । उक्त अफर डिसेम्बर २५, २०२५ देखि जनवरी २३, २०२६ (३० दिन) सम्म सञ्चालन रहनेछ । जस अन्तर्गत स्ट्यान्डर्ड क्रेडिट कार्डमा लाग्ने आबद्घ शुल्क तथा पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइने व्यवस्था गरिएको छ ।

लाइफटाइम फ्री सुविधासम्बन्धी व्यवस्था निम्न शर्तमा आधारित रहनेछ

–दोस्रो वर्षदेखि वार्षिक शु्ल्क छुट पाउनका लागि ग्राहकहरुले प्रत्येक अघिल्लो वर्षमा कम्तीमा तीनपटक क्रेडिट कार्डमार्फत कारोबार गरेको हुनुपर्नेछ । उदाहरणका लागि, डिसेम्बर २०२५ मा जारी गरिएको क्रेडिट कार्डको हकमा, जनवरी २०२६ देखि डिसेम्बर २०२६ भित्रमा कम्तिमा ३ वटा कारोबार गर्दा दोस्रो वर्ष लाग्ने शुल्क छुट हुनेछ ।

सिद्धार्थ बैंकले ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यसहित सँगसँगैै डिजिटल कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यका साथ यो योजना सञ्चालनमा ल्याएको हो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.