मंगलवार, बैशाख १,२०८३ 08:54:38
Bizshala
  • मंगलवार, बैशाख १,२०८३ 08:54:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बालेन-कुलमान एकतामा करिब सहमति, रास्वपासँग सांगठनिक मोडालिटीमै अड्चन

Bizshala
बालेन-कुलमान एकतामा करिब सहमति, रास्वपासँग सांगठनिक मोडालिटीमै अड्चन
Shivam Cement

काठमाण्डौ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता वा सहकार्यको प्रयास तीव्र बनेको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच निरन्तर छलफल भइरहेको छ। तर, रास्वपासँगको सहमति प्राविधिक र सांगठनिक विषयमा अड्किएको छ भने बालेन र कुलमानबीच मिलेर अघि बढ्ने निश्चितजस्तै भएको स्रोतहरूले बताएका छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

ललितपुरको ज्वागलस्थित बालेनका निकटस्थ कुमार व्यञ्जनकार (कुमार बेन) को घर यतिबेला राजनीतिक छलफलको केन्द्रबिन्दु बनेको छ। पछिल्ला दिनहरूमा यहाँ बालेनले कुलमान, रवि लामिछानेलगायतसँग छुट्टाछुट्टै र सामूहिक छलफल गरेका छन्। यसअघि बालेन र कुलमानबीच 'देश विकास पार्टी' अघि बढाउने विषयमा लगभग सहमति जुटिसकेको थियो। पछि रास्वपासँग पनि एकीकरण वा सहकार्यको प्रयास भए पनि सांगठनिक संरचनामा कुरा मिल्न सकेको छैन।

रास्वपाले बालेनलाई आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने र पार्टीमा रविपछिको प्रमुख वरीयता दिने प्रस्ताव गरेको थियो। रास्वपाले आफ्नो आधारभूत तहसम्मको संगठन र संसदीय अनुभवलाई जोड दिँदै सांगठनिक संरचनामा प्रमुख हिस्सेदारी मागेको छ। तर, बालेन यसमा सहमत छैनन्। उनी निकट स्रोतका अनुसार सिके राउतलगायत अन्य वैकल्पिक शक्तिका नेताकार्यकर्तालाई पनि समेटेर पार्टीलाई बृहत्तर बनाउने सोचका कारण रास्वपाको प्रस्तावमा बालेन सहमत हुन सकेका छैनन्।

CG Motors
Garima Development Bank
IME remit

‘सांगठनिक स्ट्रेन्थमा हाम्रो हिस्सेदारी प्रमुख हुनुपर्छ भन्ने कुराले समस्या सिर्जना गरेको छ,’ रास्वपा निकट एक नेताले भने, ‘त्यसैले छलफल सकारात्मक हुन सकेको छैन।’

यसैबीच, कार्यदल स्तरमा शुक्रबारदेखि भइरहेको छलफल अन्तिम चरणमा पुगेको छ। कार्यदलमा रास्वपाबाट शिशिर खनाल र असिम शाह तथा बालेनबाट कुमार व्यञ्जनकार र भुपदेव शाह (बालेनका स्वकीय सचिव) छन्। सहमतिका बुँदासहितको ड्राफ्ट रवि लामिछानेलाई बुझाइसकिएको छ तर बालेनले अन्तिम स्वीकृति दिइसकेका छैनन्।

अर्कोतर्फ, बालेनले शनिबार बिहान बालुवाटार क्षेत्रमा कुलमानसँग भेटेर रास्वपासँगको छलफलको ब्रिफिङ गरेका थिए। कुलमानले आन्तरिक छलफलपछि निर्णय लिने बताएका छन्। 

स्रोतहरूका अनुसार कुलमान र बालेन मिलेर अघि बढ्ने लगभग निश्चित छ र उनीहरूबीच ठोस निर्णय चाँडै हुन सक्छ।

यी सबै प्रयासको पृष्ठभूमिमा नेपाली कांग्रेस, नेकपा एमाले जस्ता पुराना शक्तिलाई विस्थापित गर्दै नयाँ वैकल्पिक धारलाई मजबुत बनाउने उद्देश्य रहेको छ। जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिवर्तनलाई संस्थागत गर्न यी छलफलहरूले आगामी निर्वाचनमा ठूलो प्रभाव पार्ने विश्लेषकहरूको भनाइ छ। तर, सांगठनिक र नेतृत्वको मोडालिटीमा मतभेद कायम रहँदा पूर्ण एकता हुन समय लाग्ने देखिएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.