मंगलवार, बैशाख १,२०८३ 08:54:37
Bizshala
  • मंगलवार, बैशाख १,२०८३ 08:54:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपा र बालेनबीच ७ बुँदे सहमति:रास्वपाको नेतृत्व रवि, भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन

Bizshala
रास्वपा र बालेनबीच ७ बुँदे सहमति:रास्वपाको नेतृत्व रवि, भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच साझा राजनीतिक सहकार्यको औपचारिक समझदारी बनेको छ। 

एउटै दलको प्लेटफर्ममार्फत आगामी निर्वाचनमा जाने विषयमा उनीहरूबीच सात बुँदे सहमति भएको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सहमति अनुसार पार्टीको केन्द्रीय नेतृत्व रवि लामिछानेकै जिम्मामा रहनेछ भने बालेनले रास्वपाको नाम, चुनाव चिह्न र नेतृत्व स्वीकार गर्दै सहकार्यमा अघि बढ्नेछन्। फागुन २१ मा हुने निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सार्ने सहमति पत्रमा उल्लेख छ।

CG Motors
Garima Development Bank
IME remit

दुवै नेताले हस्ताक्षर गरेको सहमतिपत्रमा समतामूलक विकास, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र र बहुलवादी लोकतान्त्रिक व्यवस्थाभित्र सुशासन स्थापित गर्ने प्रतिबद्धता जनाइएको छ। आम नागरिकका आकांक्षा सम्बोधन गर्न परिवर्तनकामी र सुसंस्कृत राजनीतिक शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको निष्कर्षसहित एकतामा पुगिएको सहमतिपत्रमा उल्लेख गरिएको छ। साथै, जेन–जी आन्दोलनप्रति अपनत्व जनाउँदै युवापुस्ताका माग र सरोकार सम्बोधन गर्ने प्रतिबद्धता पनि समेटिएको छ।

यस सहमतिपछि रवि लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। आइतबार बिहान फेसबुकमा बालेन्द्र शाहसँग सहमतिपत्रमा हस्ताक्षर गरेको तस्बिर राख्दै उनले लेखेका छन्, “सहमति भनेको नेताले खोजेजस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ।” उनका अनुसार यो समझदारी व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय आवश्यकतालाई केन्द्रमा राखेर गरिएको हो।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.