काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ५ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज शिखर इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी र कुथेली बुखरी स्मल हाइड्रोको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
यी सबै कम्पनीले पुस १४ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
शिखर इन्स्योरेन्स
कम्पनीले गत आवका लागि ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ६.३१५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स
सन नेपाल लाइफ इन्स्योरेन्सले गत आवका लागि ५ प्रतिशत बोनस सेयर र १५.२६३२ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल २०.२६६२ लाभांश घोषणा गरेको छ ।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड
कम्पनीले गत आवका लागि ६.३१५८ प्रतिशत नगद लाभांश (करसहित)को प्रस्ताव गरेको छ ।
सिनर्जी पावर डेभलपमेन्ट कम्पनी
यो कम्पनीले पनि आव २०८१/८२ का लागि १० प्रतिशत बोनस सेयर र ०.५२३६ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ ।
कुथेली बुखरी स्मल हाइड्रो
कम्पनीले गत आवका लागि १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

