काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले लालुपाते हाइड्रोपावर कम्पनीमा लगानी गर्ने भएको छ । कम्पनीले लालुपाते हाइड्रोपावर कम्पनीद्वारा निमार्णाधिन दाना खोला जलविद्युत आयोजना(४९.९५ मेगावाट)को सेयर खरिद गर्ने निर्णय गरेको हो ।
कम्पनीको पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आयोजनाको रु.१०० मूल्य अंकित दरको १ लाख किता सेयर खरिद गर्ने निर्णय गरेको हो ।
विद्युत विकाश विभागबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरि २०८० फागुन २१ देखी २११५ वैशाख २० सम्मको उत्पादन अनुमति पत्र समेत प्राप्त भई २०८४ कार्तिक ०५ गते सम्ममा व्यापारिक उत्पादन शुरु गर्ने योजना लालुपाते हाइड्रोपावरको रहेको छ ।
उक्त आयोजना मनाङ्ग जिल्लाको नासो गाऊँपालिका वार्ड २ मा निमार्णाधिन रहेको छ ।

