बुधबार, श्रावण ६,२०८३ 03:08:32
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:08:32
Bizshala
Global IME Bank Limited

पोखरामा बेन्कार्डोको ‘साथ–सहयोग’ कार्यक्रम सम्पन्न

पोखरामा बेन्कार्डोको ‘साथ–सहयोग’ कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । बेन्कार्डो बाथवेयर सेन्टरले नेपालमा आफ्नो १० वर्षे सफलयात्राको अवसरमा ‘बेन्कार्डो साथ–सहयोग’ कार्यक्रम सम्पन्न गरेको छ। 

कार्यक्रमको सञ्चालन कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक माधव प्रसाद न्यौपानेले गरेका थिए। सो अवसरमा न्यौपानेले प्राविधिक सशक्तिकरणलाई लक्षित गर्दै ‘बेन्कार्डो साथी’ नामक टेक्निसियन प्रोग्रामको औपचारिक जानकारी दिए। उक्त कार्यक्रममार्फत प्राविधिकहरूलाई दक्ष, आत्मनिर्भर तथा बेन्कार्डोसँग दीर्घकालीनरूपमा आबद्ध बनाउने उद्देश्य रहेको उनले स्पष्ट पारे।

त्यसैगरी, बेन्कार्डो होम सोलुसन डिभिजनका व्यवसाय विकास प्रबन्धक राजकुमार बिहानीले बेन्कार्डो होम सोलुसन अन्तर्गतथपिएका नयाँ व्यवसायिक भर्टिकलहरू, उत्पादन विविधीकरण तथा आगामी विस्तारको रोडम्याप सार्वजनिक गरे।

सो अवसरमा बेन्कार्डोको नेपालमा १० वर्षे यात्रासँग सम्बन्धित प्रमुख झलकहरू, Benstyle SIS Program साथै २०८२ माघदेखि आषाढ२०८३ सम्मका लागि लागू हुनेडिलर स्किम प्रोग्राम ‘Power Play 180’ र कार्यक्रमकै दिनका लागि विशेष ‘Deal of the Day’ घोषणा गरिएको जानकारी कम्पनीका राष्ट्रिय बिक्री प्रबन्धक बलकृष्ण रेग्मीले दिए।

कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक नीरज शर्माले ‘बेन्कार्डो साथ–सहयोग’ कार्यक्रम तथा वार्षिक व्यवसायिक रोडम्यापबारे विस्तृत जानकारी दिए। उनले कम्पनीको १० वर्षे इतिहास, ब्रान्ड स्थापना क्रममा भोग्नुपरेका संघर्ष, हासिल गरिएका उपलब्धिहरू तथा आगामी व्यवसायिक मार्गचित्रबारे प्रकाश पारे।

कार्यक्रमका क्रममा पोखरा तथा आसपास क्षेत्रका उत्कृष्ट प्रदर्शन गर्ने करिब ४० जना डिलरहरूलाई प्रमाणपत्र तथा उपहार प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रमको सफल समापनको अवसरमा गण्डकी–धवलागिरी क्षेत्रका क्षेत्रीय वितरक ABCL Suppliers Pvt. Ltd. का तर्फबाट अवदेश सिंहले उपस्थित सम्पूर्ण सम्मानित डिलरहरू, व्यवसायिक साझेदारहरू, अतिथिहरू, व्यवस्थापन टोली तथा आयोजकटिमप्रति हार्दिक धन्यवाद ज्ञापन गरे।

कार्यक्रमको समापन सामूहिक तस्बिर खिच्ने कार्यक्रम र अन्त्यमा ककटेल डिनरसहित सम्पन्न गरिएको थियो। थियो। Saath–Sahayog: साथमा भरोसा, सहकार्यमा सफलता भन्ने मूल नाराका साथ बेन्कार्डोले नेपालमा आफ्ना साझेदारहरूसँग सहकार्य गर्दै दीर्घकालीन व्यवसायिक विकासप्रति आफ्नो दृढ प्रतिबद्धता पुनःव्यक्त गरेको छ।

कार्यक्रममा गण्डकी र धवलागिरी एरियाअन्तर्गतपोखरा क्षेत्रका डिलरहरू, च्यानल पार्टनरहरू तथा व्यवसायिक साझेदारहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.