शनिबार, फाल्गुन १६,२०८२ 01:50:41
Bizshala
  • शनिबार, फाल्गुन १६,२०८२ 01:50:41
Bizshala
Global IME Bank Limited

रास्वपा र उज्यालो नेपाल पार्टी सहमतिनजिक, सुदनले होटलबाटै तानेर लगेका थिए कुलमानलाई

रास्वपा र उज्यालो नेपाल पार्टी सहमतिनजिक, सुदनले होटलबाटै तानेर लगेका थिए कुलमानलाई
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच पार्टी एकीकरणका लागि वार्ता पुनः तीव्र बनेको छ । स्रोतका अनुसार दुवै पक्ष सहमति नजिक पुगेका छन् र एकताको ड्राफ्ट तयार भइरहेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

वार्ता रास्वपाका नेता असिम शाहको कमलपोखरीस्थित कार्यालयमै केन्द्रित भएर भइरहेको छ । यसअघि शक्ति बाँडफाँटमा कुरा नमिलेपछि वार्ता निष्कर्षविहीन बनेको थियो तर अहिले रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच अन्तिम छलफल चलिरहेको स्रोतले जनाएको छ ।

काठमाडौं मेयर बालेन शाहको उपस्थितिमा रास्वपा र कुलमानबीच औपचारिक हस्ताक्षर हुने तयारी भइरहेको छ । यसअघि रवि-बालेनबीच ७ बुँदे सहमति भइसकेको अवस्थामा कुलमानको उज्यालो नेपाल पार्टीलाई समेट्ने प्रयास अन्तिम चरणमा पुगेको हो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समयसीमा नजिकिँदै गर्दा यो वार्ताले वैकल्पिक राजनीतिक शक्तिहरूको ध्रुवीकरणलाई नयाँ मोड दिन सक्ने विश्लेषकहरूको भनाइ छ । एकताले वैकल्पिक शक्तिहरूको एकताबद्ध उपस्थितिलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

यसअघि शक्ति बाँडफाँटमा मतभेद देखिए पनि अहिले सम्मानजनक सहभागिताको आधारमा सहमति जुट्ने सम्भावना बढेको स्रोतको दाबी छ । वार्ताको निष्कर्ष चाँडै सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.