शनिबार, बैशाख १३,२०८२ 12:09:16
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 12:09:16
IME remit
Global IME Bank Limited

पाटन मल्टिपल क्याम्पसको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु

Hyundai Nepal
पाटन मल्टिपल क्याम्पसको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु
Nabil Bank Limited

काठमाण्डौ । पाटन मल्टिपल क्याम्पसको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन बिहीबार सुरु भएको छ । ललितपुरस्थित पाटन मल्टिपल क्याम्पसको आयोजनामा सुरु फस्र्ट इन्टरनेसनल कन्फरेन्स अन इकोनोमिक्स, २०२४ (एफआईसीई २०२४) शुक्रबारसम्म चल्नेछ ।

क्याम्पसको अर्थशास्त्र विभागको नेतृत्वमा आयोजित सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, सिंगापुर र मलेसियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता छ । अर्थशास्त्रको विकासक्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासन जस्ता नयाँ विषय जोडिएको छ । विकासको सवालमा नवीन सोच र तयारी तथा नविन ज्ञान आर्जन र शेयर गर्ने उद्देश्यले सम्मेलन गरिएको विभागका प्रमुख रघुवीर विष्टले बताए ।

सम्मेलनको मुख्य विषय ‘न्यु इमर्जिङ डाइनामिक्स अन इकोनोमिक्स’ रहेको छ । जुन विषय वस्तुमा तयार कुल ३८ रिसर्च पेपर ११ प्राविधिक सत्रमा प्रश्तुत हुँदैछन् । पहिलो दिन ६ सत्र सम्पन्न हुनेछ । सम्मेलनमा २ विज्ञ वक्ताबाट ‘किनोट लेक्चर’ र ५ विज्ञ सम्मिलित १ प्यानल छलफल हुँदैछ । सम्मेलनमा कुल १५० जनाको सहभागिता रहनेछ।

सम्मेलनले विकासका नयाँ मुद्दामाथि छलफलमार्फत् ज्ञान आर्जनमा टेवा पुग्ने तथा नीतिनिर्माणमा स्पष्टता र दूरदर्शिता विकास गर्न सघाउ पुग्ने लक्ष्य लिएको विष्टले बताए । ‘विकासको एजेण्डालाई नवसिर्जित मुद्दासँग अंगिकार गर्दै अर्थतन्त्र बिस्तारमा गुणात्मकता र स्थायित्व कायम गर्ने नयाँ आयामको खोजि सम्मेलनले गर्नेछ,’ विष्टले भने ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

सम्मेलनमा त्रिभुवन विश्वविद्यालयसँगै काठमाडौं, पोखरा र सुदूरपश्चिम विश्वविद्यालय र उल्लेखित विश्वविद्यालयका विभिन्न आंगिक/सम्बन्धन क्याम्पस तथा विभागको प्रत्यक्ष संलग्नता रहेको छ ।

सम्मेलन उद्घाटन समारोहमा त्रिभुवन विश्वविद्यालयका रेक्टर डा. भार्गव धिताल, मानविकी तथा सामाजिक विज्ञान संकायकी डिन डा. कुसुम शाक्य तथा पाटन मल्टिपल क्याम्पस प्रमुख डा. लक्ष्मण सिंह कुँवरको उपस्थिति थियो । उनीहरुले सम्मेलनको लक्ष्य हासिल हुने शुभकामना व्यक्त गरे । रेक्टर धितालले आर्थिक सुस्तता, तरलता समस्या तथा आन्तरिक उत्पादनमा गिरावट जस्ता चुनौती सम्बोधन गर्न यस्तो सम्मेलन आवश्यक रहेको बताए । 

डिन शाक्यले नेपालको वर्तमान आर्थिक परिदृष्यमाथि चर्चा गर्दै अर्थतन्त्रको गतिशिलता बुझेर अतिकम विकसित मुलुकबाट विकासशील तथा मध्यम आय भएको मुलुक बन्दाखेरिको संक्रमणकालीन स्थितिलाई सम्बोधन गर्ने उपाय खोजिनुपर्ने चर्चा गरिन् । क्याम्पस प्रमुख कुँवरले भुरानीतिक सन्तुलनमार्फत् आर्थिक वृद्धि हासिल गर्दाका जटिलता केलाउनुपर्ने आवश्यकता औंल्याए । प्रमुख कुँवरले भने, ‘एमसीसी र बीआरआई कार्यान्वयन गर्दा संयमता अपनाइ सन्तुलित आर्थिक वृद्धिको नीति अंगिकार गर्नुपर्छ ।’

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.