बुधबार, फाल्गुन ६,२०८२ 12:36:57
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 12:36:57
Bizshala
Global IME Bank Limited

केपी ओलीलाई बयानका लागि बोलाउने तयारी

केपी ओलीलाई बयानका लागि बोलाउने तयारी
Shivam Cement

काठमाण्डौ । भदौ २३ र २४ गतेका घटनाहरूबारे गठित जाँचबुझ आयोगले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई बयान दिन बोलाउने तयारी गरेको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेनजी आन्दोलनसँग जोडिएका विषयमा ओलीलाई पत्रमार्फत बोलाउने प्रक्रिया चलिरहेको जानकारी दिएका छन्।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहिर बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्कीले भने, "हामी ओलीज्यूलाई बोलाउने चरणमा छौं, चिठ्ठी पठाउने काम हुँदैछ।" यदि ओली उपस्थित नभएको खण्डमा के हुन्छ भन्ने प्रश्नमा उनले भने, "आउनुभएन भने त्यसको कुरा पछि नै हुन्छ, अहिले हामी पत्र पठाउँदै छौं।"

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कार्कीका अनुसार, पूर्वगृहमन्त्री रमेश लेखकको बयान प्रक्रिया समाप्त भइसकेको छ। बयानपछि लेखकमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाउने तयारी पनि भइरहेको छ। साथै, आयोगले थपिएको एक महिनाको म्यादभित्रै आफ्नो प्रतिवेदन पेस गर्ने प्रतिबद्धता जनाएको छ। "म्याद थपिएअनुसार नै हामी रिपोर्ट बुझाउँछौं," कार्कीले थपे।

यो घटनाले राजनीतिक वृत्तमा थप चर्चा पैदा गरेको छ, तर आयोगले निष्पक्ष जाँचबुझ जारी राख्ने बताएको छ।

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.