काठमाण्डौ । सिद्धार्थ बैंकले जारी गरेको ‘एसबिएल डिबेन्चर २०८२’ नामक ऋणपत्र सात वर्षको अवधिपछि यही पुस २६ गते परिपक्व हुने भएको छ।
उक्त ऋणपत्र बैंकले २०७५ पुस २७ गते बाँडफाँट गरेको थियो भने नेपाल स्टक एक्सचेन्ज(नेप्से) सँग २०७५ फागुन २६ मा सूचीकरण सम्झौता गरिएको थियो।
ऋणपत्रको अंकित मूल्य रु. १,००० प्रति कित्ता रहेको छ भने कुल कित्ता जारी २२ लाख ५० हजार कित्ता मध्ये २१ लाख ६२ हजार ५५९ कित्ता बाँडफाँट भएको थियो। यो ऋणपत्रको ब्याजदर १०.५० प्रतिशत रहेको छ।
बैंकले सूचीकरण सम्झौताको आधारमा परिपक्व मितिपछि आवश्यक काम कारवाही अगाडि बढाउने तयारी गरेको जानकारी पनि दिएको छ।

