Bizshala
  • शुक्रबार, पुष २५,२०८२ 12:38:39
Bizshala
Global IME Bank Limited

सेयरबजारमा सामान्य अंकको सुधार, ‘आधारभूत रुपमा बलिया कम्पनीको सेयर एकुमुलेसन हुँदै’

Hyundai Nepal
सेयरबजारमा सामान्य अंकको सुधार, ‘आधारभूत रुपमा बलिया कम्पनीको सेयर एकुमुलेसन हुँदै’
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.१७ प्रतिशत अर्थात ४.५९ अंकले बढेर २ हजार ६४०.५४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२० प्रतिशतले बढेर ४५५.९३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयर ४ अर्ब ९० करोड ८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा कम हो । अघिल्लो दिन भने ५ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

CG Motors
Bizshala
Garima Development Bank

आजको बजारबारे बजार जानकार निमानन्द कंडेल भन्छन्, ‘चुनावी माहोल राम्रो बन्दै जाँदा सेयरबजार पनि बढ्न खोजिरहेको जस्तो देखिएको छ । अहिलेको मार्केटको अवस्था ठ्याक्कै ठूलो अंकले पनि बढ्न नसकेको र भारि गिरावट पनि नआएको अवस्था छ । स–सानो अंकको उतारचढावले मार्केट चलिरहेको अवस्थामा केही दिनयता भने मार्केट घट्न रोकिएको जस्तो देखिन्छ । सम्भवतः पुस मसान्तपछि वा एक सातापछि चुनावको दीगोपनको परिणाम आउने र पुस मसान्तको दबाब पनि सकिने हुँदा बजार एक सातापछि बढ्न जस्तो देखिन्छ ।’

अर्का बजार जानकार गोविन्द प्रसाद घिमिरे भन्छन्, ‘अहिले बजारमा त्यस्तो ठूलो अंकको उतारचढाव छैन । चुनावी माहोल राम्रो बन्दै जाँदा मार्केट घट्न रोकिएको हो की जस्तो देखिन्छ । बजार घटिहाल्नुपर्ने त्यस्तो कारणहरु पनि छैन । केही दिनअघि अस्थिर राजनीतिका कारण लगानीकर्ताहरुमा मनोबल बढ्न नसक्दा बजारले लय लिन सकिरहेको थिएन । तर अहिले चुनावी माहोल बन्दै गएपछि दीर्घकालिन रुपमा लगानी गर्ने लगानीकर्ताहरु मुभ भएको देखिन्छ । लगानीकर्ताहरुले लङ टर्म इन्भेष्टमेन्ट गर्नका लागि फन्डामेन्टल रुपमा बलिया कम्पनीहरुको एकुमुलेसन गरेका कारण बजार घट्न रोकिएको छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटामा हरियाली छायो भने ६ वटामा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ०.४९ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.३० प्रतिशत, विकास बैंक ०.१८, होटल ०.४०, हाईड्रो ०.३२, जीवन बीमा ०.३३ र निर्जीवन बीमा समूह ०.२६ प्रतिशतले बढ्यो ।  

फाइनान्स समूह आज सर्वाधिक घट्यो । यो समूहमा आज ०.४४ प्रतिशतको गिारवट आयो । लगानी समूहपनि आज ०.२० प्रतिशत, लघुवित्त ०.०३, म्युचुअल फण्ड ०.१९, अन्य ०.०७ र व्यापार समूह ०.२२ प्रतिशतले घट्यो ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

आज एसवाई प्यानलको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २० करोड ६ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, बन्दीपुर केवलकारको १७ करोड ६० लाख, सान्भी इनर्जीको १५ करोड ८९ लाख, सागर डिस्टिलरीको १५ करोड ३ लाख र शिवम सिमेन्टको १४ करोड ८९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागने। आज सान्भी इनर्जीको सेयरमूल्य सर्वाधिक अर्थात ८.१६ प्रतिशतले बढ्यो ।

यस्तै एसवाई प्यानलको सेयरमूल्य ५.७१ प्रतिशत, खानीखोला हाईड्रोको ४.६३ र श्रीनगर एग्रीटेकको सेयरमूल्य ४.४२ प्रतिशतले बढ्यो ।

यो सुपर मादी हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ३.९० प्रतिशतले घट्यो।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.