आईतवार, श्रावण १०,२०८३ 05:31:02
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 05:31:02
Bizshala
Global IME Bank Limited

भेनेजुएलाले अमेरिकी उत्पादन मात्रै खरिद गर्ने ट्रम्पको दाबी

भेनेजुएलाले अमेरिकी उत्पादन मात्रै खरिद गर्ने ट्रम्पको दाबी
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग भएको नयाँ तेल सम्झौताबाट प्राप्त हुने रकम भेनेजुएलाले अमेरिकामै उत्पादित वस्तु खरिद गर्न मात्रै प्रयोग गर्ने दाबी गरेका छन्।

सोमबार सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘मलाई जानकारी प्राप्त भएको छ कि भेनेजुएलाले हाम्रो नयाँ तेल सम्झौताबाट आउने रकमबाट केवल अमेरिकामा बनेका सामानहरू मात्रै खरिद गर्नेछ।’

उनका अनुसार ती खरिदहरूमा अमेरिकी कृषि उत्पादन, औषधि, मेडिकल उपकरणहरू तथा भेनेजुएलाको विद्युत् ग्रिड र ऊर्जा केन्द्रहरू सुधार गर्न आवश्यक मेसिनरी समावेश हुनेछन्।

राष्ट्रपति ट्रम्पले थपे, ‘अर्को शब्दमा भन्नुपर्दा, भेनेजुएलाले अब अमेरिकालाई आफ्नो प्रमुख व्यापारिक साझेदार बनाउने प्रतिबद्धता जनाएको छ। यो एक समझदारीपूर्ण निर्णय हो र यसले भेनेजुएला तथा अमेरिका दुवै देशका नागरिकहरूलाई फाइदा पुर्‍याउनेछ।’

यसैबीच, गत शनिबार अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई राजधानी काराकासबाट नियन्त्रणमा लिएको जनाएको छ। यस घटनापछि भेनेजुएलाकी उपराष्ट्रपति रहेकी डेल्सी रोड्रिगेजलाई देशको कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.