बुधबार, श्रावण ६,२०८३ 12:50:20
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 12:50:20
Bizshala
Global IME Bank Limited

‘२२ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०२५’ सम्पन्न, दीपेन्द्रसिंह ऐरी र एरिका गुरुङ वर्षका उत्कृष्ट खेलाडी घोषित

‘२२ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०२५’ सम्पन्न, दीपेन्द्रसिंह ऐरी र एरिका गुरुङ वर्षका उत्कृष्ट खेलाडी घोषित
New Office

काठमाण्डौ । नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा प्रत्येक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०२५ यस वर्ष पर्यटकीय नगरी पोखरामा भव्य रूपमा सम्पन्न भएको छ।

पोखरास्थित राष्ट्रिय सभा हलमा आयोजित समारोहमार्फत सन् २०२५ भरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली खेलकुदको प्रतिष्ठा अभिवृद्धि गर्ने खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रसँग आबद्ध व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो।

काठमाण्डौ बाहिर पहिलोपटक आयोजना गरिएको यस संस्करणमा ११ विभिन्न विधामा अवार्ड वितरण गरिएको थियो। वर्षका उत्कृष्ट पुरुष खेलाडीको उपाधि क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरीले हात पारे। उनलाई गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छाले अवार्ड प्रदान गरे। ऐरीले अवार्डसँगै पल्सर एनएस २०० एबीएस मोटरसाइकल समेत प्राप्त गरे।

त्यसैगरी, कराते खेलाडी एरिका गुरुङ वर्षकी उत्कृष्ट महिला खेलाडी घोषित भइन्।

कार्यक्रमको प्रमुख प्रायोजक बजाज अटोले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमार्फत वर्षेनी खेलाडी, प्रशिक्षक तथा खेलकुदकर्मीहरूको सम्मान गर्दै नेपाली खेलकुदको विकास, प्रवर्द्धन तथा व्यवसायीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको आयोजकले जनाएको छ।

समारोहमा नेपाली खेलकुदमा दीर्घकालीन योगदान पुर्‍याएका वरिष्ठ खेलाडी खड्गबहादुर रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। त्यस्तै, वरिष्ठ प्रशिक्षक तुलसीकुमार गुरुङलाई विशेष अवार्ड प्रदान गरियो।

अन्य सम्मानित खेलाडी तथा विधाहरू

–एनएसजेएफ ट्रेलब्लेजर अफ द इयरः पलेशा गोवर्दन .पारा तेक्वान्दो)

–वर्षका उत्कृष्ट प्रशिक्षकः कबिराज नेगी (पारा तेक्वान्दो)

–वर्षका उत्कृष्ट युवा खेलाडीः पूजा महतो (क्रिकेट)

–पिपुल्स च्वाइस अवार्डः हिमाल सुनारी (भलिबल)

–पारा खेलाडी सम्मानः प्रवा आङ्दाम्बे

–वर्षको उत्कृष्ट टोलीः खो–खो (पुरुष÷महिला)

–एसियाली खेलकुद पत्रकार पुरस्कारः राना हसन

कार्यक्रममा संघीय सरकारका खेलकुद मन्त्री, राष्ट्रिय खेलकुद परिषद् (एनएससी) का पदाधिकारी, कास्की जिल्लाकी प्रमुख जिल्ला अधिकारी, पोखरा महानगरपालिकाकी उपमेयर, एनएसजेएफका पदाधिकारी तथा सदस्य, राष्ट्रिय खेलाडी, प्रशिक्षक, खेलप्रेमी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.