काठमाण्डौ । नेपालका अग्रणी रेमिटेन्स सेवा प्रदायक आइएमईले साउदी अरबमा रहेका नेपालीहरूका लागि ‘Tiqmo मार्फत आइएमई गरौं, उपहार जितौं’ योजना सार्वजनिक गरेको छ। यो योजना पुस २१ देखि चैत्र १७ सम्म सञ्चालन हुने जनाइएको छ।
यस अभियानअन्तर्गत, साउदी अरबमा रहेका नेपालीहरूले Tiqmo एप प्रयोग गरी आइएमई मार्फत पैसा पठाउँदा आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्। योजना अनुसार,
मेगा पुरस्कार: १ जना विजेताले BYD Atto 1 EV प्राप्त गर्नेछन्।
मासिक पुरस्कार: २ जना विजेताले Yadea Owin EV स्कुटर जित्नेछन्।
साप्ताहिक पुरस्कार: १२ जना विजेताले iPhone 17 पाउनेछन्।
यसरी कुल १५ जनाभाग्यशाली विजेताहरू पारदर्शी डिजिटल लकी ड्रमार्फत छनोट गरिनेछन्।
आइएमईले यस योजनामार्फत साउदी अरबमा काम गर्ने नेपालीहरूलाई सुरक्षित र सहज तरिकाले स्वदेशमा पैसा पठाउने सुविधा उपलब्ध गराउने उद्देश्य राखेको छ। साथै, डिजिटल भुक्तानी प्रविधि प्रयोग गर्दै उपहार जित्ने अवसर पनि प्रदान गरिएको छ।

