आईतवार, श्रावण ३,२०८३ 11:46:24
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 11:46:24
Bizshala
Global IME Bank Limited

मेन्छियाम हाइड्रोपावरको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

मेन्छियाम हाइड्रोपावरको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
New Office

काठमाण्डौ । मेन्छियाम हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि एनआईसी एशिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले रु.१०० अंकित दरका ५४ लाख २५ हजार ८३३ कित्ता सेयरले हुन आउने रकम ५४ करोड २५लाख ८३ हजार ३०० रुपैयाँको १ः१ बराबर अर्थात रु.१०० दरका ५४ लाख २५ हजार ८३३ कित्ता हकप्रद सेयर निष्काशनको तयारी गरेको छ ।

क्यापिटल र मेन्छियाम हाइड्रोपावरबीच भएको उक्त सम्झौतापत्रमा मेन्छियाम हाइड्रोपावरको तर्फबाट अख्तियार प्राप्त कम्पनी सचिव धन राज सुवेदी र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरे ।

एनआईसी एशिया क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म सामूहिक लगानी कोष तथा डिबेन्चर सहित १९ वटा कम्पनीको प्राथमिक सेयर निष्काशन र ४ वटा कम्पनीको हकप्रद सेयर निष्काशन कार्य सम्पन्न गरेको छ । उक्त निष्काशन तथा बिक्री प्रवन्ध सेवा मार्फत हाल सम्म रु.१८ अर्ब ९४ करोड भन्दा बढी शेयर पूँजी रकम संकलन गर्न सफल भएको क्यापिटलले जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.