काठमाण्डौ । वैकल्पिक राजनीति र युवा नेतृत्वको प्रतीकका रूपमा चिनिएकी रञ्जु दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाण्डौ–१ बाट उम्मेदवारी दर्ता गरेकी छन्।
मंगलबार बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले घन्टी चुनाव चिह्नबाट मनोनयन दर्ता गराएकी हुन्। उनले विसं २०७४ सालको स्थानीय निर्वाचनमा काठमाण्डौ महानगरपालिकाको मेयर पदको उम्मेदवारी दिएकी थिइन् । मेयरमा उम्मेदवार हुँदा उनले २३ हजार ४३९ मत प्राप्त गरेकी थिइन् ।

