काठमाण्डौ । फोटोन टुनल्यान्ड G7 ले इटलीमा ४ सय युनिटको अर्डर प्राप्त गर्दै कोशेढुङ्गा पार गरेको छ । नेपालमा लन्च वा उपलब्ध हुने चर्चा सुरु हुनुअघि नै टुनल्यान्ड G7 ले अन्तर्राष्ट्रिय बजारमा आफ्नो विश्वसनीयता प्रमाणित गरिसकेको कम्पनीले जनाएको छ । कडा अटोमोटिभ नियम, ग्राहकहरूको उच्च अपेक्षा र कडा गुणस्तर मापदण्डका लागि परिचित इटालीको बजारमा यस्तो सफलता प्राप्त गर्नु आफैंमा ठूलो उपलब्धि भएको समेत कम्पनीको भनाई छ ।
यो उपलब्धि छोटो समयको सफलता वा ट्रायल इन्ट्रीका लागि मात्र नगरिएको बताउँदै कम्पनीले यो त प्रतिस्पर्धात्मक युरोपेली बजारमा टुनल्यान्ड G7 को डिजाइन, प्रदर्शन, सुरक्षा र समग्र विश्वसनीयताले बलियो स्वीकार्यता पाएको स्पष्ट संकेत भएको जनाएको छ । युरोपेली ग्राहकहरू टिकाउपन, मापदण्ड अनुसारको गुणस्तर र दीर्घकालीन प्रदर्शनलाई उच्च प्राथमिकता दिन्छन्, र टुनल्यान्ड G7 ले ती अपेक्षाहरू आत्मविश्वासका साथ पूरा गरेको कम्पनीले जनाएको छ ।
त्यही विश्वस्तरमा प्रमाणित टुनल्यान्ड G7 अहिले नेपालमा उपलब्ध छ। नेपाली ग्राहकहरूले पनि अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त त्यही मोडल पाउने बताउँदै कम्पनीले उही विश्वस्तरीय गुणस्तर, सुरक्षा मापदण्ड र प्रदर्शन हुने प्रतिबद्धता जनाएको छ । विश्वस्तरीय सफलता र स्थानीय उपलब्धताको यो गठजोडले ग्राहक र सरोकारवालाको बीचमा विश्वास अझ मजबुत बनाउने कम्पनीको विश्वास छ ।

