काठमाण्डौ । एनआईसी एशिया बैंकले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले १३ करोड ११ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा १३.५३ प्रतिशतले कम हो । अघिल्लो आवमा भने बैंकले १५ करोड १७ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
बैंकको खुद शुल्क तथा कमिशन आम्दानीमा समेत सामान्य गिरावट आएको छ । अघिल्लो आवमा ५ अर्ब १८ करोड रहेको खुद ब्याज आम्दानी घटेर ४ अर्ब ३६ करोड रुपैयाँमा सीमित बनेको छ । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी बढेको छ । बैंकले यो अवधिमा ७० करोड २१ लाख रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ । जुन अघिल्लो आवमा ६३ करोड २१ लाखमा सीमित थियो ।
बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब ३९ करोड रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । यस्तै खराब बर्जा अनुपात समेत ४.६१ प्रतिशतबाट बढेर ७.४७ प्रतिशतको उचाईमा पुगेको छ ।
अघिल्लो आवमा ३ खर्ब १९ अर्ब रहेको बैंकको निक्षेप संकलन बढेर ३ खर्ब २७ अर्ब पुगेको छ । यद्यपी कर्जा विस्तार भने अपेक्षित रुपमा हुन सकेको छैन । बैंकको कर्जा प्रवाह २ खर्ब २४ अर्बबाट घटेर २ खर्ब ९ अर्बमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) १.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२८.३३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८८.४४ गुणा र तरलता अनुपात ४२.६४ प्रतिशत कायम भएको छ ।

