काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा १४ अर्ब ५६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी र डायनामिक मनि म्यानेजसइ रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र सनि सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै १ अर्ब ८० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४८.३९ प्रतिशत सेयर खरिद भएको छ भने ५१.६१ प्रतिशत सेयर बिक्री भएको छ ।


