काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) लिमिटेडले १० लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनी आइएमई लिमिटेडको नाममा रहेको १० लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति कम्पनी तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ ।
इच्छुक लगानीकर्ताले काठमाण्डौको बानेश्वरमा रहेको बैंकको रजिष्टर्ड कार्यालयको कानून विभागमा आवेदन दिनुपर्नेछ। लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनुपर्नेछ।
सूचना प्रकाशित भएको ७ दिनमा सार्वजनिक बिदा परेमा भोलिपल्ट अर्थात कार्यालय खुलेको दिन आवश्यक कागजातसहित लिखित निवेदन पेश गुर्नपर्ने बैंकले जनाएको छ ।

