काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.६४ अंकले घटेर २६८१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२६ कम्पनीको १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएकोछ ।
आज बीमा समूहमा दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.१३ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.१३ प्रतिशतले बढेको छ । आज ११ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.६५ प्रतिशतले बढेर १३५७ रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेको इन्स्योरेन्सको ०.२८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.५६ प्रतिशत, आरबीसीएलको ०.९४ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.३२ प्रतिशत, हिमालयन रि को ०.१२ प्रतिशत, सिटिजन लाइफको १.०३ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.०६ प्रतिशत, नेपाल लाइफको ०.३९ प्रतिशत, नेशनल लाइफको ०.६२ प्रतिशत र रिलायबल नेपाल लाइफको ०.३५ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने सूर्यज्योति लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.२४ प्रतिशतले घटेर ४३७.५० प्रतिशतले घटेको छ ।
त्यस्तै, एशियन लाइफको ०.६१ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.४१ प्रतिशत, हिमालयन लाइफको ०.०३ प्रतिशत, आइएमई लाइफको ०.७९ प्रतिशत, एलआइसी नेपालको ०.३२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.१८ प्रतिशत, सन नेपाल लाइफको ०.४३ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.६४ प्रतिशत र नेपाल रि को ०.८८ प्रतिशतले घटेको छ ।
यसका साथै हिमालयन एभरेष्टको ०.२० प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.९३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.०६ प्रतिशत, एनएलजीको ०.२७ प्रतिशत, सलिकोको ०.६६ प्रतिशत, सानिमा जिआइसीको ०.२५ प्रतिशत र युनाइटेड अजोडको ०.८७ प्रतिशतले घटेको छ ।

