काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद निष्कासन गर्न पूर्वस्वीकृती पाएको छ । कम्पनीले हकप्रद जारी गर्नका लागि आयोगबाट माघ २१ गते पूर्वस्वीकृती पाएको हो ।
कम्पनीले चुक्तापूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न आयोगसमक्ष निवेदन दिएको थियो ।
कम्पनीले अद्यावधिक कर्जा चुक्ता गर्नका लागि हकप्रद निष्कासन गर्न लागेको हो ।

