बुधबार, श्रावण ६,२०८३ 10:40:50
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 10:40:50
Bizshala
Global IME Bank Limited

हायरको ब्रान्ड एम्बासडरमा पारस खड्का

हायरको ब्रान्ड एम्बासडरमा पारस खड्का
New Office

काठमाण्डौ । विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड हायर को ब्रान्ड एम्बासडरका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्का नियुक्त भएका छन् । हायर ब्रान्डको नेपालका लागि आधिकारिक वितरक कम्पनी नियोटेरिक नेपालका सञ्चालक सञ्जय गोल्छा र खड्काबीच शुक्रबार यसबारे सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

हायर होम एप्लायन्स विश्वकै नम्बर १ ब्रान्ड भएको कम्पनीले जनाएको छ । बजार अनुसन्धान संस्था युरोमोनिटर इन्टरनेशनलको तथ्याङ्क अनुसार बिक्री परिमाणका आधारमा हायरले विगत १७ वर्षदेखि निरन्तर पहिलो स्थान कायम गर्दै आएको छ ।

सन् २०२५ को युरोमोनिटर इन्टरनेशनल तथ्याङ्क अनुसार रेफ्रिजेरेटरतर्फ हायरले १८ वर्षदेखि, वासिङ मेसिनतर्फ १७ वर्षदेखि, र वाइन कुलरतर्फ १६ वर्षदेखि विश्वकै नम्बर १ ब्रान्डको स्थान कायम राखेको छ । त्यस्तै, फ्रिजर बिक्रीमा पनि हायरले विगत १५ वर्षदेखि विश्वकै अग्रस्थान कायम राख्दै आएको छ ।

विश्वकै अग्रणी होम एप्लायन्स ब्रान्डका रूपमा हायरले अन्तर्राष्ट्रिय खेलकुदमा पनि लामो समयदेखि ठूलो लगानी गर्दै आएको छ । यस क्रममा कम्पनीले लिभरपुल एफसी,  पेरिस सेन्ट जर्मन , र एटीपी टुर जस्ता विश्वस्तरीय खेलकुद संस्थासँग दीर्घकालीन साझेदारी गरेको छ । यही क्रममा आगामी दिनमा नेपालको खेलकुद क्षेत्रमा पनि हायरको उपस्थिती हुने अपेक्षा गरिएको छ । सम्झौताका क्रममा क्रिकेटर पारस खड्काले हायरसँग जोडिन पाउनु एक महत्वपूर्ण अवसर भएको बताएका छन् ।

सम्झौताका क्रममा बोल्दै नियोटेरिक नेपालका सञ्चालक सञ्जय गोल्छाले भने, ‘नेपाली क्रिकेट टिमका पूर्वकप्तान लिजेन्ड्री पारस खड्कासँग ब्रान्ड एम्बासडरका रूपमा सहकार्य गर्न पाएकोमा नियोटेरिक परिवार गौरव महसुस गरिरहेको छ । यो सहकार्यमार्फत हामी सफलताको मार्गमा एकसाथ अघि बढ्नेछौँ । प्रयोगकर्तालाई सधैं केन्द्रमा राखी, उनीहरूको आवश्यकता अनुसारका हायरका समाधानहरू उपलब्ध गराउन कम्पनी सधैं तत्पर रहनेछ ।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.