आईतवार, श्रावण १०,२०८३ 02:59:11
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 02:59:11
Bizshala
Global IME Bank Limited

वीरगञ्ज भन्सार कार्यालयबाट उठ्यो १.१६ अर्ब राजश्व

वीरगञ्ज भन्सार कार्यालयबाट उठ्यो १.१६ अर्ब राजश्व
New Office

काठमाण्डौ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल १ खर्ब १६ अर्ब ५८ करोडबराबरको राजश्व संकलन गरेको छ।

भन्सार कार्यालयका अनुसार सो अवधिमा पेट्रोलियम पदार्थको आयातबाट मात्रै ३७ अर्ब ८५ करोड राजश्व संकलन भएको छ । जुन कुल राजस्वको सबैभन्दा ठूलो हिस्सा हो।

त्यसैगरी, यातायातका साधन तथा तिनका पार्टपुर्जाको आयातबाट १३ अर्ब ९८ करोड राजस्व उठेको छ। चालु आवको पहिलो ६ महिनामा फलाम तथा फलामबाट बनेका सामानको आयातबाट रू ६ अर्ब ८३ करोड, कपडा आयातबाट रू ५ अर्ब २६ करोड र इलेक्ट्रिक मेसिनरी, उपकरण तथा तिनका पार्टपुर्जाबाट रू ४ अर्ब ९१ करोड राजस्व संकलन भएको छ।

यसैगरी, मदिराजन्य पेय पदार्थको आयातबाट १ अर्ब ८३ करोड र शृङ्गार सामग्रीको आयातबाट १ अर्ब ८१ करोड राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.