वीरगन्ज नाकाबाट सात महिनामा ५ खर्ब १९ अर्बभन्दा बढीको आयात
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा वीरगन्ज नाकामार्फत ५ खर्ब १९ अर्ब १ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएको छ। यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७ अर्ब ३१ करोड रुपैयाँ अर्थात् करिब १२ प्रतिशतले बढी हो।गत आर्थिक वर्षको सात महिनामा ४ खर्ब ६० अर्ब २३ करोड रुपैयाँ बराबरको आयात भएको थियो।

