काठमाण्डौ । चालु आवको पहिलो त्रैमासमा वीरगञ्ज नाकाबाट हुने सवारी साधनको आयात र राजश्व दुवै बढेको छ । उक्त नाका भएर तीन महिनाको अवधिमा ८ अर्ब ७० करोड मूल्यबराबरको सवारीसाधन आयात भएको हो ।
वीरगञ्ज भन्सार कार्यालयले सवारी साधनको आयातबाट ७ अर्ब ७७ करोड राजश्व संकलन गरेको छ।
गत आवको तीन महिनामा भने ६ अर्ब १९ करोड मूल्यबराबरको सवारीसाधन आयात भएको थियो। उक्त अवधिमा सवारीसाधनको आयातबाट ५ अर्ब ९५ करोड राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
चालु आवको तीन महिनामा ३ अर्ब ४१ करोड मूल्य पर्ने २४ हजार नौ सय ३९ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएको छ। यसबाट सरकारले ३ अर्ब २८ करोड रुपैयाँबराबरको राजश्व उठाएको छ ।
गत आवको सोही अवधिमा भने ४८९ अनएसेम्बल्ड मोटरसाइकल आयात भएको थियो । जसको मूल्य ३ अर्ब ४९ करोड रुपैयाँ हुन आउछ ।
यस्तै चालु आवको तीन महिनामा ६२ करोड २४ लाख मूल्य पर्ने ३३० जीप, कार र भ्यानको आयात भएको छ। जसबाट १ अर्ब ७५ करोड राजस्व संकलन भएको छ।

