आईतवार, श्रावण १०,२०८३ 02:59:24
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 02:59:24
Bizshala
Global IME Bank Limited

वीरगन्ज नाकाबाट सात महिनामा ५ खर्ब १९ अर्बभन्दा बढीको आयात

वीरगन्ज नाकाबाट सात महिनामा ५ खर्ब १९ अर्बभन्दा बढीको आयात
New Office

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा वीरगन्ज नाकामार्फत ५ खर्ब १९ अर्ब १ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएको छ। यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७ अर्ब ३१ करोड रुपैयाँ अर्थात् करिब १२ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको सात महिनामा ४ खर्ब ६० अर्ब २३ करोड रुपैयाँ बराबरको आयात भएको थियो।

विशेषगरी पेट्रोलियम पदार्थ तथा फलाम र फलामजन्य सामग्रीको आयात उच्च रहेको छ । तथ्याङ्कअनुसार समीक्षा अवधिमा १ खर्ब ६ अर्ब ४३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। यस्तै, ४६ अर्ब १६ करोड रुपैयाँको फलाम तथा फलामबाट बनेका सामग्री आयात गरिएको छ।

त्यसैगरी ३५ अर्ब ८७ करोड रुपैयाँको मेसिनरी तथा पार्टपुर्जा, ३५ अर्ब ६७ करोड रुपैयाँको भटमासको कच्चा तेल तथा २७ अर्ब ९८ करोड रुपैयाँबराबरको इलेक्ट्रिक मेसिनरी, उपकरण तथा तिनका पार्टपुर्जा आयात भएको भन्सार कार्यालयले जनाएको छ।

आयात संरचनाले ऊर्जा, औद्योगिक कच्चा पदार्थ तथा निर्माण क्षेत्रसँग सम्बन्धित सामग्रीको माग उच्च रहेको संकेत गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.