काठमाण्डौ । थप दुई कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति मागेका छन् । साहज उर्जा लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले शतप्रतिशत दरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
साहज उर्जाले १ः१ अनुपातमा ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ बराबरको ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो । यो कम्पनीले माघ २३ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।
त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले पनि १ः१ अनुपातमै १ अर्ब ७९ करोड ८१ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड ७९ लाख ८१ ह जार २११ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो ।
कम्पनीले पनि माघ २३ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीको बिक्री प्रबन्धकमा भने प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

