काठमाण्डौ । निर्वाचन आयोगले आगामी चुनावमा भाग लिने राजनीतिक दल र उम्मेदवारहरूलाई आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरी सम्बन्धित निकायमा पेस गर्न निर्देशन दिएको छ। आयोगले दलहरूलाई फागुन ३ गतेसम्म आफ्नो घोषणापत्र आयोगमा बुझाउन निर्देशन दिएको छ ।
आयोगको सोमबार बसेको बैठकमा यस सम्बन्धी निर्णय गर्दै दलहरूलाई निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ र राजनैतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम निर्देशन जारी गरेको हो।
आयोगले एक विज्ञप्ती जारी गर्दै निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले फागुन ३ गते भित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न आग्रह गरेको छ ।

