आयोगले तोक्यो उम्मेदवार खर्च सीमाः सुगममा २५ लाख, दुर्गममा ३३ लाखसम्म
काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरूको अधिकतम खर्च सीमा निर्धारण गरेको छ । आयोगले देशका १६५ वटा निर्वाचन क्षेत्रलाई भौगोलिक सुगमता र दुर्गमताका आधारमा ५ श्रेणीमा वर्गीकरण गरी २५ लाखदेखि ३३ लाखसम्मको सीमा तोकेको हो ।

