आजदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले देशव्यापी मतदाता शिक्षा अभियानलाई तीव्रता दिएको छ। मतदान प्रक्रियामा देखिने त्रुटि न्यूनीकरण गर्दै मतदाताको सचेत सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको हो।

