शनिबार, श्रावण ९,२०८३ 01:19:08
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 01:19:08
Bizshala
Global IME Bank Limited

निर्वाचनका दिन पर्यटक सवारी सञ्चालन गर्न दुई दिनअघि अनुमति अनिवार्य

निर्वाचनका दिन पर्यटक सवारी सञ्चालन गर्न दुई दिनअघि अनुमति अनिवार्य
New Office

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकहरूको आवागमन सहज बनाउन सवारी साधन सञ्चालनका लागि पूर्वअनुमति अनिवार्य गरिएको छ। निर्वाचन आयोगले जारी गरेको ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ अनुसार पर्यटक बोक्ने सवारी साधनले निर्वाचनको दिन सञ्चालन हुन कम्तीमा दुई दिनअघि अनुमति लिनुपर्ने व्यवस्था गरिएको हो।

आयोगका अनुसार निर्वाचनका दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडानहरू नियमित रूपमा सञ्चालन हुने भएकाले हवाईमार्गबाट आउने–जाने पर्यटकहरूको आवागमनलाई ध्यानमा राखी यस्तो व्यवस्था गरिएको हो।

काठमाण्डौ उपत्यकाभित्र सञ्चालन हुने सवारी साधनका लागि आयोगबाट तथा अन्य जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पूर्वस्वीकृति लिनुपर्नेछ।

कार्यविधिमा राजमार्गमा चल्ने सवारी साधनको आवागमनलाई व्यवस्थित तुल्याउने प्रावधानसमेत समावेश गरिएको छ। यसबाहेक अत्यावश्यक सेवा, कूटनीतिक नियोग तथा राष्ट्रिय मानव अधिकार आयोग बाहेक अन्य सवारी साधनले पनि तोकिएको प्रक्रिया पूरा गरी अनुमति लिएर सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.