शनिबार, श्रावण ९,२०८३ 01:20:27
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 01:20:28
Bizshala
Global IME Bank Limited

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी
New Office

काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक अस्थायी मतदाता नामावली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित गर्न ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ।

आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गर्दै उक्त कार्यविधि निर्माण गरी लागू गरेको जनाएको छ।

कार्यविधिअनुसार आयोगले स्थायी मतदाता नामावली सङ्कलन गर्ने कार्यक्रमसहितको सूचना प्रकाशन गर्नेछ। आवश्यकता अनुसार उक्त सूचना राष्ट्रियस्तरका सञ्चारमाध्यममार्फत प्रकाशन तथा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ।

यस कार्यविधिअनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा कार्यरत कर्मचारी, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाका कर्मचारी, नेपाली सेना र प्रहरीका कर्मचारी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी तथा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीको नाम स्थायी मतदाता नामावलीमा समावेश गरिनेछ।

त्यस्तै, कुनै व्यक्तिको नाम मतदाता नामावलीमा छुटेको वा नाम तथा विवरणमा त्रुटि देखिएको अवस्थामा सम्बन्धित व्यक्तिले प्रमाणसहित प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिनुपर्ने आयोगले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.