Bizshala
  • बुधबार, माघ २८,२०८२ 08:28:53
Bizshala
Global IME Bank Limited
Bizshala

काठमाण्डौको पुतलीसडकमा जकीको नयाँ एक्सक्लुसिभ शोरूम उद्घाटन

काठमाण्डौको पुतलीसडकमा जकीको नयाँ एक्सक्लुसिभ शोरूम उद्घाटन
Shivam Cement

काठमाण्डौ । जकीले काठमाण्डौको प्रमुख व्यापारिक केन्द्रमध्ये एक पुतलीसडकमा आफ्नो नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा ल्याएको छ । उत्कृष्ट रिटेल अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको यस स्टोरमा पुरुष, महिला र बालबालिकाका लागि जकीका सम्पूर्ण उत्पादनहरू उपलब्ध छन् ।

के छन् त मुख्य आकर्षणहरू ?

–सम्पूर्ण उत्पादन रेन्जः इनरवेयर (भित्री वस्त्र), एथलिजर, एक्टिभवेयर, लाउन्जवेयर, थर्मल र दैनिक उपभोगका अत्यावश्यक लुगाहरूको विस्तृत संग्रह ।

–अनुभूति प्रदान गर्ने डिजाइनः सहज र रमाइलो सपिङ अनुभवका लागि फराकिलो र आधुनिक स्टोर लेआउट।

–प्रिमियम ग्राहक सेवाः सही फिटिङ, आराम र शैली सुनिश्चित गर्न व्यक्तिगत सहायता ।

Bizshala
Garima Development Bank
New Office

शोरूमको उद्घाटन समारोहमा चर्चित तथा लोकप्रिय नायिका प्रियंका कार्कीको उपस्थिति रहेको थियो । उनले भनिन् ‘जकी सधैं आराम र आत्मविश्वासको प्रतीक बनेको छ । पुतलीसडकको यो नयाँ एक्सक्लुसिभ शोरूमले उत्कृष्ट सपिङ अनुभव प्रदान गर्दछ जहाँ मानिसहरूले ब्रान्डका सम्पूर्ण लाइफस्टाइल उत्पादनहरू सहजै रोज्न सक्छन् । जकी जस्तो विश्वव्यापी ब्रान्डले काठमाण्डौमा यस्तो प्रिमियम उपस्थिति जनाएको देख्दा खुसी लागेको छ ।’

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

स्टोर म्यानेजरद्वय मोहित कुमार सिन्हा र गोकुल शर्माले एक संयुक्त विज्ञप्ति जारी गर्दै भने ‘हामी पुतलीसडकमा जोकीको यो नयाँ अनुभव ल्याउन पाउँदा निकै उत्साहित छौं । यो शोरूमले काठमाडौंमा हाम्रो बढ्दो उपस्थितिलाई झल्काउँछ र स्थानीय बजारमा विश्व–स्तरीय पहिरन उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई पुष्टि गर्दछ ।’

पुतलीसडकको यस शोरूमका साथै काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानहरू, जनरल ट्रेड र प्रमुख मोडर्न ट्रेड आउटलेटहरूमा पनि जकीका स्टोरहरू उपलब्ध छन्, जसले ग्राहकहरूलाई ब्रान्डसँग अझ नजिक बनाएको कम्पनीले जनाएको छ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.