काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार कम्पनी २९ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ६० लाख ४५ लाख रुपैयाँ घाटामा थियो । विद्युत बिक्री आम्दानीमा भएको वृद्धिका कारण कम्पनी नाफा आर्जन गर्न सफल भएको छ ।
कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत ४ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी ३ करोड ७२ लाख रुपैयाँमा सीमित थियो ।
कम्पनीको कर्मचारी तथा प्रशासनिक खर्च १४ लाख ९१ हजार, ह्रासकट्टी खर्च १ करोड २८ लाख र वित्तीय खर्च १ करोड ९१ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार भने अझै ऋणात्मक अवस्थामा छ । रिजर्भको आकार २८ करोड ८७ रुपैयाँले ऋणात्मक छ ।
कम्पनीको अल्पकालिन ऋण २ करोड ९७ लाख रुपैयाँ र दीर्घकालिन ऋण ५१ करोड २० लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति २४ करोड २९ लाख रुपैयाँ र कुल चालु दायित्व ६ करोड ५६ लाख रुपैयाँ छ ।
कम्पनीको प्रतिसेयर आम्दानीत्रैमासिक) ०.५४ रुपैयाँ , प्रतिसेयर नेटवर्थ ४८.५२ रुपैयाँ,मूल्य आम्दानी अनुपात २४५.१४ गुणा र तरलता अनुपात ३.७० प्रतिशत कायम भएको छ ।

