काठमाण्डौ । माछापुच्छ्रे बैंकले अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्न स्वीकृति दिएको हो ।
जसबमोजिम अब बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्नेछ ।
बैंकले यो अग्राधिकार शेयरको लाभांश दर ८.२५ प्रतिशत तय गरेको छ । जुन मुनाफा भएको वर्षमात्र वितरण गरिन्छ । बैंकको अग्राधिकार शेयरको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

