काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक विनोद तामाङको राजीनामा स्वीकृत भएको छ । असार २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले तामाङको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
तामाङले आफ्नो व्यक्तिगत कारण देखाउदै गत असार २ गते सञ्चालक पदबाट राजीनामा दिएका थिए ।

