काठमाण्डौ । भुजुङ हाईड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको साधारण सेयरको लक–इन अवधि साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीको ५० हजार कित्ता सेयरको लक–इन अवधि साउन २६ ते समाप्त हुन लागेको हो ।
सर्वसाधारणमा बाँडफाँड भएको मितिदेखि लागू भएको लक–इन अवधि छ महिनापछि समाप्त हुने व्यवस्था अनुसार, उक्त सेयरको लक–इन अवधि साउन २६ गते समाप्त हुन लागेको कम्पनीले जनाएको छ ।

