बुधबार, श्रावण ६,२०८३ 06:09:05
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 06:09:05
Bizshala
Global IME Bank Limited

कजारिया रमेश टाइल्स भक्तपुरमा नयाँ शोरूमसहित विस्तार

कजारिया रमेश टाइल्स भक्तपुरमा नयाँ शोरूमसहित विस्तार
New Office

काठमाण्डौ । कजारिया रमेश टाइल्स लिमिटेडले  इटापाको, सल्लाघारी, भक्तपुरमा आफ्नो नयाँ विशेष शोरूमको उद्घाटन गरेको छ । उक्त शोरूम पीएनएस ट्रेडर्स एण्ड सप्लायर्स द्वारा सञ्चालन गरिएको हो र फागुन ९, २०८२ देखि सर्वसाधारणका लागि औपचारिक रूपमा खुला गरिएको छ ।

उद्घाटन समारोहमा कजारियाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले नेपाली बजारप्रतिको कम्पनीको प्रतिबद्धता र गुणस्तरप्रतिको समर्पणलाई स्पष्ट पारेको थियो। रिबन काटेर सम्पन्न गरिएको उद्घाटन भक्तपुर तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई उच्चस्तरीय टाइल्स समाधान उपलब्ध गराउने नयाँ यात्राको सुरुवात गरेको संकेत गरेको छ । कार्यक्रमलाई अझ विशेष बनाउँदै मिस वल्र्ड नेपाल २०२४, आश्मा केसीको गरिमामय उपस्थितिले समारोहमा आकर्षण र शोभा थपेको थियो ।

उक्त अवसरमा कजारियाका प्रतिनिधिले भने, ‘कजारियाले सधैँ उत्कृष्टता प्रदान गर्ने विश्वास राख्छ। यो नयाँ सल्लाघारी शोरूममार्फत हामी हाम्रो उत्कृष्ट टाइलहरूको दायरा ग्राहकहरूसम्म अझ नजिक पुर्याउँदैछौं। नेपालमा निर्माण तथा इन्टेरियर डिजाइन क्षेत्र तीव्र रूपमा विकसित भइरहेको छ, र हामी मजबुत, आकर्षक तथा अत्याधुनिक प्रविधियुक्त उत्पादनमार्फत यस विकासलाई थप सुदृढ गर्न उत्साहित छौँ।’

नयाँ शोरूममा कजारियाका प्रिमियम टाइलहरूको विस्तृत दायरा प्रदर्शित गरिएको छ, जसले ग्राहकहरूलाई सहज पहुँच, सुविधा तथा विभिन्न इन्टेरियर आवश्यकताअनुसार छानिएको उत्पादक प्रदर्शन उपलब्ध गराउँछ ।

यस विकासले नवप्रवर्तन, गुणस्तर र डिजाइनप्रतिको कजारियाको अविचल प्रतिबद्धतालाई सुदृढ गर्दै नेपालका टाइल उद्योगमा ब्रान्डको अग्रणी स्थानलाई झनै मजबुत बनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.