बुधबार, श्रावण ६,२०८३ 08:27:17
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 08:27:17
Bizshala
Global IME Bank Limited

पद्म ज्योति ग्रुप र रिच्स इन्डियाबीच सहकार्य

पद्म ज्योति ग्रुप र रिच्स इन्डियाबीच सहकार्य
New Office

काठमाण्डौ । नेपालको ‘कुलिनरी’ अनुभवलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित पद्म ज्योति ग्रुप र रिच्स इन्डियाबीचको सहकार्य थप विस्तार गरिएको छ। यस विस्तारित सहकार्यले नेपालको फुडसर्भिस तथा कुलिनरी क्षेत्रको विकास, सीप अभिवृद्धि र विश्वस्तरीय प्रविधि हस्तान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

नेपालको अग्रणी व्यावसायिक घराना पद्म ज्योति ग्रुपले रिच्स इन्डियासँगको आफ्नो दीर्घकालीन साझेदारीलाई अझ सुदृढ बनाउँदै रणनीतिक रूपमा विस्तार गरेको हो। रिच्सले विगत दुई दशकदेखि नेपालमा आफ्नो उपस्थिति जनाउँदै आएको भए पनि नयाँ सम्झौताले ग्राहकसँगको सम्बन्ध सुदृढ बनाउने, सेफहरूको क्षमता अभिवृद्धि गर्ने तथा नेपाली बजारअनुकूल विश्वव्यापी कुलिनरी ट्रेन्डहरू भित्र्याउने लक्ष्य राखेको छ।

सन् १९४५ मा स्थापना भएको रिच प्रडक्ट कर्पोरेशन(रिच्स) ८० वर्षभन्दा लामो विश्वव्यापी विरासत बोकेको पारिवारिक खाद्य कम्पनी हो। भारतमा समेत तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको यस कम्पनीलाई ‘नन–डेयरी ह्विप्ड टपिङ’ उत्पादनमा विश्वकै अग्रणीमध्ये एक मानिन्छ। आधुनिक बेकरी, डेजर्ट तथा फुडसर्भिस क्षेत्रमा नवप्रवर्तन, गुणस्तर र दीर्घकालीन साझेदारीमार्फत रिच्सले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

विस्तारित सहकार्य केवल परम्परागत वितरण प्रणालीमा सीमित नरही प्राविधिक तालिम, लाइभ डेमोन्स्ट्रेसन, ज्ञान आदान–प्रदान तथा सेफहरूसँगको प्रत्यक्ष समन्वयमा केन्द्रित हुनेछ। 

यस पहलमार्फत रिच्सको विश्वस्तरीय प्राविधिक विशेषज्ञता र उत्पादनको प्रभावकारी प्रयोगबारे नेपालभरका सेफ, बेकर तथा फुडसर्भिस व्यवसायीलाई जानकारी प्रदान गरिनेछ। यसले स्वाद, गुणस्तर र प्रस्तुतीकरणमा एकरूपता कायम गर्दै अन्तर्राष्ट्रिय स्तरका नयाँ मेनु विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पद्म ज्योति ग्रुपले आफ्नो सुदृढ पूर्वाधार, स्थापित वितरण सञ्जाल तथा नेपाली बजारप्रतिको गहिरो बुझाइलाई पूर्ण रूपमा परिचालन गर्ने जनाएको छ। यस सहकार्यले आधुनिक रिटेल, बेकरी तथा हस्पिटालिटी क्षेत्रमा उच्च गुणस्तरका उत्पादनसँगै निरन्तर प्राविधिक सहयोग उपलब्ध गराउनेछ।

पद्म ज्योति ग्रुपले सन् २००७ मा सन इन्टरनेशनल इन्कर्पोरेटेड प्रालि मार्फत एफएमसीजी क्षेत्रमा प्रवेश गरेको थियो। त्यसयता कम्पनीले आइसक्रिम तथा फ्रोजन डेजर्ट क्षेत्रमा आफ्नो सशक्त उपस्थिति स्थापित गर्दै देशव्यापी वितरण सञ्जाल विस्तार गरेको छ।

यस अवसरमा रिच्स इन्डिया, मध्यपूर्व तथा टर्कीका प्रबन्ध निर्देशक पंकज चतुर्वेदीले साझेदारी इनोभेसन, विशेषज्ञता र स्थानीय बजारको बलियो सहकार्यमा आधारित रहेको बताउँदै नेपालका सेफ, बेकर तथा फुडसर्भिस प्रोफेसनलहरूलाई विश्वस्तरीय अनुभव तथा नवीनतम खाद्य समाधान उपलब्ध गराउने लक्ष्य रहेको उल्लेख गरे।

पद्म ज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योतिको नेतृत्वमा अघि बढिरहेको संस्थाले नेपाली उपभोक्तालाई विश्वस्तरको उत्कृष्ट ‘गउर्मे’ अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.