काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४५.२२ रुपैयाँ र बिक्रीदर १४५.८२ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १७०.९५ रुपैयाँ र बिक्रीदर १७१.६६ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९५.९४ रुपैयाँ र बिक्रीदर १९६.७५ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०२.७४ रुपैयाँ र बिक्रीदर १०३.१६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.२६ रुपैयाँ र बिक्रीदर ९.३० रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.५४ रुपैयाँ र बिक्रीदर ३९.७० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २१.१४ रुपैयाँ र बिक्रीदर २१.२३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३७.३२ रुपैयाँ र बिक्रीदर ३७.४८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.८४ रुपैयाँ र बिक्रीदर ४०.०१ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१४ रुपैयाँ र बिक्रीदर १०.१८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४७५.३५ रुपैयाँ र बिक्रीदर ४७७.३२ रुपैयाँ कायम भएको छ ।

