बुधबार, श्रावण ६,२०८३ 06:07:33
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 06:07:33
Bizshala
Global IME Bank Limited

राष्ट्र बैंकको अर्धवार्षिक समीक्षा वित्तीय स्थिरताका लागि निर्णायक : सिबिफिन

राष्ट्र बैंकको अर्धवार्षिक समीक्षा वित्तीय स्थिरताका लागि निर्णायक : सिबिफिन
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले आर्थिक गतिविधिमा गति ल्याउने र वित्तीय स्थिरता सुदृढ बनाउने आधार तयार गरेको सिबिफिन ले जनाएको छ।

सिबिफिनका अनुसार विश्वका उदीयमान अर्थतन्त्रमा देखिएको क्रमिक सुधारसँग मेल खाने गरी मूल नीतिगत मापदण्ड यथावत राख्दै लक्षित संरचनात्मक सुधार अघि बढाइनु सकारात्मक संकेत हो। सावधानीपूर्ण, मापनयोग्य तथा स्थिरतामुखी नीतिगत कदमले वित्तीय प्रणालीलाई थप सबल बनाउने विश्वास संस्थाले व्यक्त गरेको छ।

अर्धवार्षिक समीक्षामा क्षेत्रगत कर्जा विस्तार, लघु, घरेलु तथा साना उद्यम कर्जालाई प्रोत्साहन, नगद प्रवाहमा आधारित कार्यशील पूँजी मूल्याङ्कन, लक्षित पुनर्संरचना सुविधा, विदेशी विनिमय जोखिम सीमा वृद्धि तथा कालोसूची व्यवस्थामा लचकता जस्ता व्यवस्थालाई सिबिफिनले स्वागतयोग्य भनेको छ। यी व्यवस्थाले संकुचित बन्दै गएको कर्जा तथा लगानी विस्तारलाई सहज बनाउँदै उत्पादन, निर्यात र रोजगारीमुखी क्षेत्रमा लगानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साथै डिजिटल पूर्वाधारमा लगानी प्रोत्साहन र विद्युतीय भुक्तानी प्रणालीको तीव्र विस्तारका लागि लिइएका रणनीतिक पहलले नेपालको वित्तीय प्रणालीलाई विश्वव्यापी आधुनिकीकरणसँग समायोजन गर्न महत्वपूर्ण योगदान दिने सिबिफिनको धारणा छ।

अल्पकालीन तरलता व्यवस्थापन र दीर्घकालीन संरचनात्मक सुधारबीच सन्तुलन कायम गर्ने प्रयासले संस्थागत सुशासन, विश्लेषणात्मक क्षमता अभिवृद्धि तथा जोखिम व्यवस्थापनलाई मजबुत बनाउँदै बैंकिङ तथा समग्र अर्थतन्त्रको दिगो विकासमा टेवा पुग्ने सिबिफिनले विश्वास व्यक्त गरेको छ।

बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको निष्क्रिय कर्जा, गैरबैंकिङ सम्पत्ति तथा तरलता व्यवस्थापनका चुनौती समाधान गर्न सरोकारवाला पक्षसँगको छलफल र सुझावका आधारमा नेपाल राष्ट्र बैंकले थप निर्णायक नीतिगत कदम चाल्नेमा सिबिफिन आशावादी रहेको छ।

सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता राजेश उपाध्यायले मौद्रिक नीतिको यो समीक्षाले वित्तीय स्थिरतासहित आर्थिक क्रियाकलापलाई पुनर्जीवित गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने बताए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.